प्रेमिल जोडी
एकजना साथीले मोडल करिष्मा केसीलाई ‘सलोन बस्नेतसँग म्युजिक भिडियो खेल्ने हो ?’ भनेर अफर गरे । करिष्माले ‘हुन्छ’ भनिदिइन् । सलोनले अभिनय गरेको ‘होस्टल’ चलचित्र हेरेपछि करिष्मा उनको फ्यान बनेकी थिइन् ।
२१ वर्ष पुगेका साउदी युवतीहरूले राहदानीका लागि आवेदन दिन र एक्लै विदेश घुम्न पाउने भएका छन् । यसअघि साउदी अरेबियाका महिलाहरूले राहदानी प्राप्त गर्न र विदेश यात्रामा निस्कन श्रीमान्, पिता वा पुरुष नातेदारबाट अनुमति लिनुपर्थ्यो ।
साउदी अरेबियामा महिलाहरूले जन्म, विवाह र सम्बन्धविच्छेद आदि व्यक्तिगत घटनासमेत दर्ता गर्न सक्नेछन् । साउदी अरेबियामा रोजगारीसम्बन्धी नियमहरूमा समेत परिवर्तन गरिएको छ जसअनुसार लिङ्ग, अशक्तता वा उमेरका आधारमा विभेद नगरी काम गर्न सक्ने अधिकार सबै नागरिकसँग सुरक्षित रहेको बताइएको छ ।
युवराज मोहम्मद बिन सलमानले आफ्नो मुलुकमा विद्यमान अनेकौं प्रतिबन्ध फुकुवा गर्दै गएका छन् । सन् २०१६ मा अफ्नो मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने भन्दै युवराजले जारी गरेको योजनाअनुरूप रोजगारीका क्षेत्रमा हाल २२ प्रतिशत रहेको महिलाहरूको संख्या सन् २०३० सम्ममा ३० प्रतिशत पुर्याइने बताइएको छ ।