हिमालयन आर्ट फेस्टिभल २०२५ प्रारम्भ
फेस्टिभलमा १ सय ४० भन्दा बढी नेपाली कलाकारका पेन्टिङ, पौभा, मूर्तिकला, प्रिन्ट मेकिङ, इन्स्टलेशन, सेरामिक्सलगायतका विधाका उत्कृष्ट कृतिहरू प्रदर्शनीमा राखिएका छन् । 
                             
                             
               
              
नेपालको झझल्को दिने गरी बेलायतको चार्ल्टन मेरिडियन स्पोर्टस क्लबमा प्रतिभा नक्षत्र–२०१९ सम्पन्न भएको छ । स–साना बालबालिकाले विभिन्न नेपाली पहिरनमा तोते अङ्ग्रेजी लवजमा नेपाली भाषामा आफ्नो परिचय दिएपछि प्रारम्भ भएको कार्यक्रममा विदेशमै जन्मिएर त्यहीँ हुर्किरहेका दोस्रो पुस्ताका बालबालिकाले नेपालको वर्णन गर्दा अभिभावक एवं उपस्थित अन्य व्यक्तिहरू भावुक भएका थिए ।
प्रतिभा नक्षत्र मुख्य दुई अवधारणामा विभाजित थियो ।
पहिलो, खुल्ला मैदानमा भएका विभिन्न व्यपारिक, सूचना, स्वास्थ्य, नेपाली खानाहरू, नेपाली साहित्यिक घर, प्रतिभा नक्षत्र घरका प्रदर्शनीहरू थिए, जसले स्थानीय समुदायको एकता एवं आफ्ना मौलिकताहरू विभिन्न समुदायमा आदान–प्रदान गर्ने काम गरेका थिए । दोस्रो स्टेजमा विभिन्न कला क्षेत्रमा प्रतिस्पर्धा गर्न बाल र युवा गरी २१ जना प्रतिस्पर्धी तमतयार थिए । बालबालिका तथा युवायुवतीहरूको प्रतिभा प्रदर्शनले यो कार्यक्रमलाई रोचक तुल्याएको थियो ।