Successfully Copied

सेलिब्रेटीका साउन धारणा

सतीलाई प्रकृतिका रूपमा लिइने भएकाले पनि साउनमा हरियो रंगले बढी महत्व पाएको हो । साउने सोमबारका दिन म चोखो खान्छु भने हरिया तथा पहेंला पहिरन लगाउन रुचाउँछु  । साउनको सोमबारको व्रतलाई फेसनभन्दा पनि संस्कारका रूपमा लिनुपर्छ ।

साउनमा  हरियो, पहेंलो, रातो रंगका पहिरन मोडिफाइ गरी लगाउन मन लाग्छ । साउनको सोमबार म सकेसम्म हरियो रंगको संयोजन भएको पहिरन लगाउँछु । साउनको सोमवार सोह्र श्रृंगारले सजिएर हिँड्न रुचाउँछु । हरेक साउनमा हरियो रंग प्रयोग भएका कम्तीमा ४ वटा पहिरन डिजाइन गराउँछु । साउने सोमबारका दिन मन्दिर जान सरारासँग लंग कुर्ती लगाउन रुचाउँछु ।

उषा खड्गी, मिस नेपाल–२००० तथा फेसन डिजाइनर

वर्षायाम एकदमै मन पर्ने र भगवान शिवप्रति उत्तिकै आस्था समेत भएकाले पनि होला म साउनको नामैले पनि फ्रेस हुन्छु । साउने सोमबारका दिन पहिरन चुरा, पोते, टिका सबै हरियो नै लगाउँछु । मलाई तीजमा रातै र साउनमा हरियै लगाउन मन लाग्छ । 

देविका केसी, गायिका

साउने सोमबारमा हरियै लुगामा हिँड्न त्यति रुचाउँदिन । खोइ यो चलन त पहिले आमाहरूको पालामा त्यति थाहा थिएन । अहिले आएर आफैंले बनाएको हो कि जस्तो लाग्छ । म चोखो लगाएर हिँड्छु तर हरियै भएर हिँड्दिन ।

स्वस्तिमा खड्का, अभिनेत्री

साउन भन्ना साथ हरियो पहिरन भन्ने सोच आइहाल्छ । त्यसमा पनि यसपटक विवाहको पहिलो वर्ष भएर होला, म एकदमै एक्साइटेड छु । हरियो, रातो, पहेंलो तथा सुनौलो रंगका पहिरनमा साउने सोमबारको ब्रत बस्ने योजना छ ।

दिपीका प्रसाईं, अभिनेत्री

हरियो मौसम तथा हरियो पहिरनले सकारात्मक ऊर्जा समेत प्रदान गर्छ । हातमा मेहन्दी लगाइ गरिएको सोर्‍ह श्रृंगारको रमाइलो अर्कै हुन्छ । म सकभर साउने सोमबारका दिन आफूसँग भएका हरिया पहिरन तथा एसेसरीजहरू मिलाएर प्रयोग गर्छु । 

सरिता ज्ञवाली, सञ्चारकर्मी

सतीलाई प्रकृतिका रूपमा लिइने भएकाले पनि साउनमा हरियो रंगले बढी महत्व पाएको हो । साउने सोमबारका दिन म चोखो खान्छु भने हरिया तथा पहेंला पहिरन लगाउन रुचाउँछु  । साउनको सोमबारको व्रतलाई फेसनभन्दा पनि संस्कारका रूपमा लिनुपर्छ ।

रीता कट्टेल, समाचारवाचिका

 Image