‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
छफिट ४ इन्च अग्ली सजनी बलामी कलाकारितामा सक्रिय हुने आफ्नो चाहना लुकाउँदिनन् । बालाजु, काठमाडौंकी २२ वर्षीया सजनी संगीत, वाद्यवादन, यात्रा एवं नृत्य तथा समाजसेवामा रुचि राख्छिन् । हाल दुबईमा कार्यरत सजनीलाई चलचित्रमा अभिनय गर्ने रहर छ ।
मोडलिङमा समेत रुचि राख्ने सजनी सामाजिक कार्यमा जस्तो चन्दा संकलन आदिमा संलग्न छिन् । सामाजिक कार्यमा रुचि भएकै कारण उनले हरेक पटकको आफ्नो नेपाल भ्रमणका क्रममा अनाथ आश्रमहरूलाई विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँदै आएकी छिन् ।
त्यस क्रममा उनले काठमाडौंका विभिन्न असहाय केन्द्रमा खाद्यान्नदेखि लत्ताकपडासम्म वितरण गरेकी छिन् । ‘तन जहाँ भए पनि मन त नेपाली हो’ भन्ने कुरामा विश्वास गर्ने सजनी युवावस्थामै समाजसेवामा रमाउन पाउँदा आत्मसन्तुष्टि मिल्ने धारणा व्यक्त गर्छिन् ।