परिपक्व सम्बन्ध
खुल्ला प्रतिस्पर्धाबाट पहिलो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा प्रमुख कार्यकारी निर्देशक बनेका मोहनप्रकाश चन्दको दाम्पत्य जीवन बडो रसिलो र कसिलो छ ।

रिमा विश्वकर्मा /सञ्चारकर्मी तथा कलाकार
मेरो विश्वास : मेरी आमा ।
मेरो प्रेरणा : रियल लाइफ फाइटरहरू ।
मेरो आशा : समुन्नत नेपाल ।
मेरो करियर : प्रोग्रेसिभ ।
मेरो कर्म : मेरो धर्म ।
मेरो समर्पण : व्यक्तित्व विकासमा ।
मेरो प्रेम : प्रकृति, संगीत, साहित्य तथा मेरा साथीभाइ ।
मेरो इच्छा : आफ्नो वृत्ति विकास, समयअनुकूल परिमार्जित हुने ।
मेरो आदर्श : वास्तविक जीवनका चुनौती जित्नेहरू ।
मेरो बलियो पक्ष : मेरो संवाद कला ।
मेरो आकांक्षा : यात्रा ।
मेरो घर : मेरो खुसी ।
मेरो कमजोरी : बेस्ट गिभिङ नेचर ।
मेरो दृढता : चुनौतीप्रति ।
मेरो सोच : फराकिलो ।
मेरी आमा : मेरो संसार ।
मेरो परिवार : मेरो घर ।
मेरो भरोसा : नजिकका साथीहरू ।
मेरो जीवन : मेरो जीवन सिकाइको यात्रा हो । हरेक मोडमा मैले जीवन जिउन सिकेजस्तो लाग्छ तर जीवन हरेक क्षण नयाँ बनेर झुल्किन्छ । जीवनले जे–जति चुनौती अगाडि ल्याउँछ त्यसले मलाई अझ परिपक्व बनाएको छ, थप खुसी भरेको छ । समग्रमा म आफ्नो जीवनसँग खुसी छु ।