२०७९ साल फागुन महिनाको राशिफल
मेष कसै–कसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । परिवार, आफन्त एवं मित्रवर्गबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सफल रहनेछन् ।
लामो समयदेखि सांगीतिक क्षेत्रमा सत्रिय गायक सुमनकुमार श्रेष्ठ शनिबार काठमाडौंमा पहिलो पटक एकल गायन कार्यक्रममा झुल्किए । आधा दर्जन वाद्यवादक संगीतकर्मीसहित प्रस्तुत भएका गायक सुमन कुमारले त्यो अवधिमा आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरे ।
जीवनको पहिलो एकल गायन कार्यक्रम भएकाले होला उनी गीत गाउनुअघि भावुक बने । सयौं दर्शकबीच उनी आफ्नी आमालाई अघिल्तिर राखेर गीत गाउन अघि सरेका थिए । गीत गाउनुअघि उफस्थित व्यक्तिहरूलाई सम्बोधन गर्ने त्रममा उनी केही मिनेट शान्त रहे ।
आँखाबाट बगिरहेका आँसु पुछ्दै राष्ट्रिय गीत टोपी लाए पनि हुन्छ...बाट सांगीतिक कार्यक्रम प्रारम्भ गरे ।त्यसअघि गायक सुमन कुमारको स्वरमा रेकर्ड भएको गीति एल्बम ‘बिहानी–४’ लोकार्पण गरिएको थियो भने एल्बममा समावेश ‘जिस्काउँथें म...’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो । दीपक जंगमको संगीत तथा दिनेश अधिकारीको शब्दको उक्त गीतको म्युजिक भिडि योलाई दिनेश डिसीले निर्देशन गरेका हुन् ।