दुःखमा अविचलित जोडी
प्रेमको पहिलो निशानी रिहानका कारण सञ्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालमै कोठा बुक गरेका थिए । किनभने रिहान ‘एनआइसियु’ मा भर्ना थिए । जन्मिएको ९० दिनभित्र उनको टाउकाका चार वटा ‘मेजर अप्रेसन’ गरिएको थियो ।

शहरको विच ५ तारे होटलमा विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा दिएर आयोजना हुँदै आएको मिस नेपाल यसपटक किर्तिपुरमा रहेको लेब्रोटरी स्कुलको मैदानमा ट्न्टे हालेर आयोजना गरियो । यसपटक दर्शकलाई समेत टिकट किनेर कार्यक्रम देखाउने मेसो मिलाए । मिस नेपाल आयोजनाको २५ औं बर्ष पुगेको अवसरमा यसपटक पूर्व मिस नेपालहरुलाई सुरुमै स्टेजमा निमन्त्रणा गरिएको थियो ।
अरु वर्षहरुमा भन्दा यस पटक स्टेज व्यवस्थापनमा थुप्रै कमीकमजोरीहरु देखिए । मिस नेपालको नाम घोषण गर्नु अघि पूर्व मिस नेपाल २०१८ का विजयीहरुलाई स्वागत गरि दिइएको बुकेहरु स्टेजकै भईमै अलपत्र देखिन्थे भने मीस नेपाल अनुश्का घोषणा भइ सक्दा स्टेजमा रहेका अवार्डहरु पनि त्यतिकै थिए ।
आयोजक आफै स्टेजमा गएर ती अवार्डहरु हटाउन लगाएका दुश्यहरुले यस्ता ठूलो इभेन्टलाई खल्लो देखिन्थ्यो । हुन त यसपटक प्रतियोगिहरुको नोमिनेशन देखि नै मिस नेपाल विवादित रहृयो । अडिसनमा कोरियोग्राफर रचना गुरुगले प्रतियोगीलाई सोधीएको प्रश्नले सो भिडियो भाइरल समेत बने ।
मिस नेपाल २०१९ मा अश्मी श्रेष्ठ, सन्नी रौनियार प्रधान, ओम बहादुर भन्डारी, तुविजा अग्रवाल, राजिव शाह, नवराज सिलवाल, विदुषी राना, पवन बहादुर पाण्डे, सुनिता लिम्बु खरेल र अनुफ विक्रम शाही निर्णायक थिए । कार्यत्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् । त्यस्तै मिस नेपाल यूनिभर्सको उपाधि प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थको उपाधि रिया बस्नेत, मिस नेपाल इन्टरनेशनलको उपाधि मिरा कक्षपति तथा मिस नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जितिन् ।
मीस नेपाल अनुश्का श्रेष्ठ फेसन डिजाइनर मुक्ता श्रेष्ठकी छोरी हुन् जो मिस नेपालमा सहभागी हुन अस्ट्रेलियाको बैंकबाट राजीनामा दिएर आएकी हुन् । मिस नेपालमा सहभागी हुन नेपाल आउनुअघि उनी अस्ट्रेलियाको कमनवेल्थ बैंकमा अडिट एडमिनिस्ट्रेटर थिइन् । उनले सिड्नीमा भएको मिस नेपाल ओसेनिया जितेकी थिइन् । यो वर्षदेखि मिस नेपाल ओसिनियासागै, मिस हङकङ नेपाल, मिस पोखरा, मिस पूर्वाञ्चल, मिस पश्मिाञ्चल र मिस चितवन सीधै मिस नेपालमा क्वालिफाइ गरिएको थियो ।
मिस नेपाल २०१९को विभिन्न टाइटलका विजेताहरु :
मिस ग्ल्यामर मिस फोटोजेनिक : रोज लामा
मिस न्याचुरल स्किन : जेनी महर्जन
मिस फ्रेन्डसिप : न्यान्सी बोगटी
मिस ब्यूटिफूल हेयर : मिरा कक्षपति
मिस एथेलेटिक्स तथा मिस ट्यालेन्ट : प्रदिप्ता अधिकारी
मिस कन्फिडेन्ट : निशा पाठक
मिस पपलुर च्वाइस : रिया बस्नेत
ब्यूटी विथ दि प्रपोज : निकिता कर्माचार्य