अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
यसै सता राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा म्याग्दी २२ वर्षिया देवी मगर रातो रंगको ड्याट्सन गो कार ड्राइभिङ सिटमा बस्दा हर्षले विभोर भइन् । कारण उक्त कार उनले जितेको मिस नेसनल आइकन २०१९ को पुरस्कार स्वरुप थियो ।
नेपालको सौन्दर्य प्रतियोगिताको परिवेशमा गत वर्ष देखि थालनी भएको यो प्रतियोगिताको विजेताले पहिलो संस्करणको विजेताले जस्तै यस पटक कार पुरस्कार प्राप्त गरेकी हुन् । मिस नेसनल आइकन २०१९ को विजेता हुनु बाहेक देवीले प्रतियोगितामा वेष्ट वाकको अवार्ड पनि हात पार्न सफल भइन् ।
ब्राइट इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा रोजिन शाक्यले कोरियोग्राफ गरेको सो प्रतियोगितामा मञ्जना राई फस्ट रनर अप भइन् भने समृद्धि कार्कीले सेकेन्ड रनर अप स्थान हासिल गरिन् । मञ्जनाले पुरस्कारका रुपमा नयाा स्कुटी तथा समृद्धिले नगद पुरस्कार रु पचास हजार प्राप्त गरिन् ।
प्रतियोगितामा ट्यालेन्ट विधाको अवार्ड सहित थर्ड रनर अप बनिन् मुना राई । उनले नगद पुरस्कार रु बीस हजार पनि प्राप्त गरिन् । प्रतियोगितामा आकांक्षा श्रेष्ठ फोटोजेनिक, कल्पना राई स्माइल, नेहा मिश्र इन्टिलेक्चुयल तथा रञ्जना राई पपुलारिटी विधामा विजेता चयन गरिएका थिए ।