रंगहरूको पर्व : होली
होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ ।
अभिनेत्री जान्बी बोहोराले आफुले अध्ययन गरेको सिन्धुपाल्चोकको टेकानपुर स्थित कालिका माबिमा आफ्नै पहलमा पुस्तकालय शिलान्यास गराएकी छिन् । फेसबुकमा शिलान्यास समारोहका तस्बिरहरु पोस्ट गर्दै जान्वीले लेखेकी छिन्—‘आफ्नो ठाउँ, आफ्नो गाउँ, आफ्नै परिवेश । जहाँ क, ख सिकें, जहाँ पूर्बिय सभ्यताको ज्ञान हासिल गरें, जहाँ जिवन र जगतबारे प्रारम्भिक ज्ञान हासिल गरें ।
आज त्यही ठाउँ अर्थात भूकम्पले खण्डहर बनाएको आफु पढेको स्कूल सिन्धुपाल्चोकको टेकानपुर स्थित कालिका माबिमा क्षेत्री समाज बेलायतको सहयोगमा म आफैं अध्यक्ष रहेको जान्वी फाउण्डेसन नेपालको संयोजनमा २ कोठे पक्की भवन सहित अत्याधुनिक विद्युतीय पुस्तकालयको शिलान्यासको गरियो ।
यति बेला थोरै भावुक त भएको थिए नै केही मात्रामा यो माटोको उधारो चुक्ता गर्ने प्रयास समेत गरेको छु । यहाँहरु सबैको सहयोग र सद्भावको अपेक्षा गर्दछु । सहभागीताको लागि सबैलाई धन्यवाद ।’