Successfully Copied

चिटिक्क सकुलेन्ट प्लान्ट

प्रकृतिसँग मानवीय सम्बन्ध टाढिँदै गएको छ । यद्यपि मानव शरीरका लागि बोट–बिरुवा, रुखहरू अत्यावश्यक छन् । सिमेन्टको बस्तीमा हराउँदै गएको अहिलेको पुस्ता चाहेर पनि ठूलो बगैंचा बनाएर बस्न सक्दैन । त्यसैले घरभित्र र बाहिर भएका खाली ठाउँहरूमा सकुलेन्ट प्लान्टहरू राखेर प्राकृतिक आनन्द लिन सकिन्छ ।

प्रकृतिसँग मानवीय सम्बन्ध टाढिँदै गएको छ । यद्यपि मानव शरीरका लागि बोट–बिरुवा, रुखहरू अत्यावश्यक छन् । सिमेन्टको बस्तीमा हराउँदै गएको अहिलेको पुस्ता चाहेर पनि ठूलो बगैंचा बनाएर बस्न सक्दैन । त्यसैले घरभित्र र बाहिर भएका खाली ठाउँहरूमा सकुलेन्ट प्लान्टहरू राखेर प्राकृतिक आनन्द लिन सकिन्छ । यसले घरको इन्टेरियर आकर्षक बनाउनुका साथै मानसिक शान्ति समेत प्रदान गर्छ ।

सकुलेन्ट प्लान्टहरू हुर्काउन सजिलो, सानो ठाउँमा, स–साना गमला तथा पटहरूमा सजिलै राख्न सकिने हुनाले पनि यसको माग बढेको मानिन्छ । यसलाई गार्डेनमा ह्यांगिङ गमला वा विभिन्न आकारका सेरामिक्स गमलामा सो पिसका रूपमा समेत सजाएर राख्न सकिन्छ । सकुलेन्ट प्लान्ट इन्डोर र आउटडोर दुवै खालका हुन्छन् । यसमा अरू फूलमा जस्तो दैनिक पानी हाल्नुपर्ने झन्झट हुँदैन ।

हप्तामा १ पटक मात्र पानी हाल्दा पनि हुन्छ । सकुलेन्ट प्लान्टहरू विभिन्न कलर तथा सेपमा पाइन्छन् । एलोबेरा, सेन्चुरी प्लान्ट, प्रिन्सेस एस्ट्रिड, जेलिबिन प्लान्ट, केववेभ, आवल आइज, फिस हुक प्लान्ट, जेब्रा क्याक्टस, म्याक्सिकन रोज, पिग इयरस, जेड प्लान्ट, हाउबरथिया आदि सकुलेन्ट प्लान्ट घरमा रोपेर घरको आतरिक तथा बाह्य सज्जा मनमोहक बनाउन सकिन्छ । 

जेड प्लान्ट

सुन्दर पातले युक्त जेड प्लान्ट निकै सजिलोसँग हुर्काउन सकिन्छ । 

पानी : जेड प्लान्ट सकुलेन्ट भए पनि यसलाई नरमपन चाहिन्छ । यसमा पानीको कमी हुन दिनु हुँदैन । यदि सुख्खा हुन थाल्यो भने यसका पात हुन्छन् । 

घाम : यो बिरुवालाई डाइरेक्ट घाममा राख्नु हुँदैन । घामको छायाँतिर राख्नु उपयुक्त हुन्छ । 

माटो : राम्रो माटो प्रयोग गर्ने ।

कहाँ लगाउने : यसलाई माटोमा रोप्न, ह्यांगिङ पट हुर्काउन वा बोन्साई गर्न सकिन्छ ।

फूल : जेड प्लान्ट धेरै प्रकारका हुन्छन् जसका केहीमा फूल समेत फुल्छ । बिरुवा पुरानो भएपछि र जेड प्लान्टलाई घाममा राखेपछि फूल फुल्छ । यसको फूल उज्यालो रंगको हुन्छ । 

मल : गोबर तथा पातको मल उपयुक्त हुन्छ । 

यो लामो समयसम्म टिक्छ र बोन्साई गर्ने हो भने पनि छिट्टै तयार हुन्छ ।

हाउबरथिया

हाउबरथिया एउटा सकुलेन्ट प्लान्ट हो । यो धेरै प्रकारको हुन्छ । यसको माथि लाइन पनि हुन्छ । त्यसैले हाउबरथियालाई जेब्रा प्लान्ट समेत भनिन्छ । यसलाई घर तथा अफिसमा राख्न सकिन्छ । यो प्लान्ट हेर्दा निकै सुन्दर लाग्छ । यसले मानसिक तनाव हटाउन समेत सहयोग गर्छ । यो प्लान्ट इन्डोर र आउटडोर दुवैका लागि उत्तिकै उपयुक्त छ । यसलाई इन्डोर प्लान्टका रूपमा प्रयोग गर्दा धेरै अँध्यारो ठाउँमा भने राख्नु हुँदैन भने बाहिर चर्को घाममा पनि राख्नु हुँदैन । 

माटो : यो सकुलेन्ट प्लान्ट भएकाले यसमा राम्रो ड्रेनेज माटो प्रयोग गर्नुपर्छ । माटोमा रेत तथा कोकोपिट लगाउने ।

पानी : माटो परीक्षण गरी पानी हाल्ने । 

मल : यसका लागि मलको आवश्यकता पर्दैन ।

कीरा : यो फूलमा कीरा लाग्दैन ।

कसरी लगाउने : यसका पातबाट पनि प्लान्ट बनाउन सकिन्छ वा मुनिको कलिलो बिरुवा निकालेर अलग रोप्न सकिन्छ । 

गमला : यो फूललाई एकदमै सानो चिटिक्क परेको डिजाइनर गमलामा रोप्न सकिन्छ । यो प्लान्ट बिस्तारै हुर्कन्छ ।

 सिम्पल जोयस्

 Image