Successfully Copied

हङकङमा भेट्टिएन ‘बर्ष महिला’

यस बर्षको १०९औ अन्तराष्ट्रिय महिला दिवसमा ‘बर्ष महिला’को उपाधी खाली रह्यो । हङकङको नेपाली समाजमा सामाजिक क्षेक्रमा सत्रिय भई उत्कृष्ट योगदान दिने महिलाहरु नै पाएनौं, हामी जातीय संस्थाभन्दा समग्र सामाजिकरुपमा सक्रिय महिलालाई सम्मान गर्ने चाहन्थ्यौ, एनआरएनए तथा नेपाली महिला संघ हङकङकी अध्यक्ष टीका

मार्च ९ तारिकका दिन हङकङ स्थित ब्लु ओशन रेष्टुरेन्ट एण्ड पार्टी प्यालेशमा अन्तराष्ट्रिय महिला दिवस धुमधामका साथ मनाईयो । अत्यधिक मात्रामा हङकङेली महिलाहरुको सहभागिता रहेको कार्यक्रममा हङकङमा रहेर शिक्षा, स्वास्थ्य, कला, ब्यापार, खेलकुद, साहित्य क्षेत्रमा उत्कृष्ट योगदान दिने महिलाहरुलाई प्रमाणपत्रसहित सम्मान गरियो ।

वुमन फर हृयुमन राइट्स नेपालकी संस्थापक लिली थापाले कार्यक्रममा नेपालमा महिलाहरुको अवस्था, एकल महिलाहरुले भोग्नु परेको पिडा र आफ्नो जीवनको आरोह अवरोह सुनाएकी थिईन । १३ बर्षको उमेरमै भएको विवाह, साना नानीहरु हुर्काउने समयमा श्रीमानको मृत्यु त्यसपछिका कठिन सङ्घर्ष र सामाजिक अवरोधका अनुभव सुनाउदा वातावरण स्तब्ध बनेको थियो । 

ब्यालेन्स फर बेटर नाराको साथमा सम्पन्न गरिएको दिवसका अघिल्ला कार्यक्रमहरुमा डा.रेणुका गुरुङ, ईन्दिरा राना मगर, चरीमाया तामाङ, टीका दाहाल, मञ्जु गुरुङ प्रमुख वक्ताकोरुपमा हङकङ आईसक्नुभएको छ । 

कार्यक्रममा साहित्य विधामा ईन्द्र थेगिम, स्वास्थ्य विधामा टीका राना, खेलकुद विधा तर्फ माया गुरुङ, समाजसेवा विधामा युगमाया राना, शिक्षा विधामा संगी गुरुङ प्रधान, कलाकारिता विधामा रोशा लिम्ब्,ु ब्यापार विधामा जयन्ती गुरुङ, श्रृजनशिल विधामा नैनकला तामाङ, एकल महिलामा विष्णुकुमारी गुरुङ सम्मानित भए । 

एनआरएनए हङकङकी अध्यक्ष टीका गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लिली थापासगै महावाणिज्यदूतावासबाट सुजैनी राना लगायत विभिन्न संघसस्थाका प्रतिनिधीहरुको उपस्थित थियो । 

किन भेट्टिएन बर्ष महिला ?

हरेक मार्च ८ का दिन संसारैभरि अन्तराष्ट्रिय महिला दिवस धुमधामका साथ मनाईन्छ । हङकङमा स्थापना भएको नेपाली महिला संघले पनि सन् २०१४ बाट महिला दिवस मनाउन थालेको हो । सन् २०१६ बाट एनआरएनए हङकङसग सहकार्य गरि आयोजना गरिने महिला दिवसको हरेक बर्ष एकजना महिलालाई बर्ष महिलाकोरुपमा सम्मान गरिन्छ । विगतका दिवसहरुमा डा. शर्मिला गुरुङ, चन्द्रज्योती आलेमगर, रीता गुरुङ, पदमकुमारी गुरुङ, अरुणा गुरुङ बर्ष महिलाकोरुपमा सम्मानित भईसक्नुभएको छ । 

यस बर्षको १०९औ अन्तराष्ट्रिय महिला दिवसमा ‘बर्ष महिला’को उपाधी खाली रह्यो । हङकङको नेपाली समाजमा सामाजिक क्षेक्रमा सत्रिय भई उत्कृष्ट योगदान दिने महिलाहरु नै पाएनौं, हामी जातीय संस्थाभन्दा समग्र सामाजिकरुपमा सक्रिय महिलालाई सम्मान गर्ने चाहन्थ्यौ, एनआरएनए तथा नेपाली महिला संघ हङकङकी अध्यक्ष टीका गुरुङ बताउछिन । बर्ष महिलाको उपाधी आफैमा सम्मानिय र जिम्मेवारीको उपाधी पनि हो, समयभन्दा अघि पाएको उपाधीको मुल्य हुदैन, हामी खोजि रहेका छौ त्यस्तो महिला जसको योगदानप्रति सम्पुर्ण हङकङेलीहरु नतमस्तक हुन सकियोस गुरुङ भन्छिन् । 

ब्यस्त शहर हङकङमा काम पहिलो प्राथमिकता हो, तर कामसगै नेपाली समुदायका लागि विभिन्न तवरले योगदान दिन सकिन्छ । विगत सम्मानित भईसक्नुभएका बर्ष महिलाहरुको काम र नेपाली समुदायप्रतिको योगदान हेरेर पनि हामी धेरै सिक्न सक्छौ महिला संयोजक अनु राई बताउछिन् । यो बर्ष खाली रहेको उपाधीको पक्कै पनि अर्का बर्षमा पुरा हुनेछ उनी थप्छिन् । 

 Image