सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।
दरबारमार्गस्थित आईक्लबमा अघिल्लो बुधवारको वातावरण केही फरक थियो । मोडलहरू लामो समयदेखि आयोजना हुँदै आएको फेसन मेनिया शीर्षकको फेसन शोको १९ औं श्रृंखलामा क्याटवाक गर्न तयार देखिन्थे । राति दस बजेपछि र्याम्पमा चम्किलो प्रकाशसँगै मोडलहरूको क्याटवाक प्रारम्भ भयो ।
कोरियोग्राफर विनोद सिंह मोडलहरूले करिब दुई साताको प्रशिक्षण लिएको बताइरहेका थिए । अभिनेत्री कविता श्रेष्ठ शो–स्टपर रहेको उक्त फेसन शोका क्रममा गायक सुमन श्रेष्ठले सांगीतिक प्रस्तुति दिएका थिए भने जादुगर तथा अभिनेता महादेव त्रिपाठीको हास्य प्रस्तुतिबाट दर्शकले प्रशस्त मनोरञ्जन प्राप्त गरे । उक्त फेसन शोमा डिजाइनर्स हाउस तथा एसएनएस ट्रेड कन्सर्नका पहिरनहरू प्रदर्शन गरिएको थियो ।