‘मिसामी’मा नारी–व्यथा
२०३० सालमा लेखेर सोही वर्ष दोलखामा मञ्चन गरिएको नाटक ५१ वर्षपछि पुस्तकाकार रूपमा प्रकाशित

गएको महिना त्रि.वि. शिक्षण अस्पतालमा सञ्चालित न्यूरो शल्यचिकित्सकहरूको दुई दिने प्रशिक्षण कार्यक्रम तथा कार्यशाला गोष्ठीमा न्यूरो सर्जनहरूलाई न्यूरो सर्जरीअन्तर्गत स्पाइनल सर्जरी (मेरुदण्डको शल्यक्रिया) सम्बन्धी तालिम प्रदान गरियो ।
उक्त अवसरमा प्रमुख प्रशिक्षक जापानका वरिष्ठ स्पाइनल सर्जन प्राध्यापक कुनियासी आबुमीले प्रशिक्षण दिएका थिए । करिब ३० जना न्यूरो सर्जन सहभागी उक्त प्रशिक्षणको आयोजना नेपाल न्यूरो सर्जन समाजअन्तर्गतको स्पाइनल च्याप्टरले गरेको थियो ।
प्रशिक्षणका क्रममा आबुमीसँगै अर्का जापानका वरिष्ठ स्पाइनल सर्जन प्राध्यापक हिरोयुकी मोतेगीले पनि स्पाइनल सर्जरीसम्बन्धी आफ्नो अनुभव प्रस्तुत गरेका थिए । न्यूरो सर्जनहरूलाई बेवारिसे लासको चिरफार गरी स्पाइनल रोग एवं सर्जरीसम्बन्धी विस्तृत अध्ययन तथा प्रशिक्षणसमेत प्रदान गरिएको थियो ।