‘मेरा प्रश्न सकिएका छैनन्’
पुर्पुरो मेरो जीवनीमा आधारित र आफैंले भोगेका सत्य र महत्वपूर्ण घटनामा आधारित उपन्यास हो । यसमा घर, समाजले निम्न वर्गीय समूह, गरिब र असहायलगायत महिलालामाथि गर्ने व्यवहार चित्रण गरिएको छ ।
लामो समयको अन्तरालछि यसै साताबाट सांगीतिक श्रृंखला ‘पलेँटी’ सुरु भएको छ । पलेँटी सुरुवातको पहिलो चलरणमा नेपाली संगीतमा महिला योगदानको चर्चा गरिएको छ । मेलवादेवीदेखि सुरू भएको नेपाली संगीतमा नारी स्वरको स्तुती गर्दै पलेँटीको पुनः उदय भएको हो । बीचमा केही समय स्थगित भएको यो कार्यक्रम अब भने विषयगत रूपले प्रस्तुत गरिने यसका प्रस्तोता आभाषले जनाएका छन् ।
त्यसै सिलसिलामा पहिलो प्रस्तुती नेपाली संगीतका नारी नक्षत्रहरूलाई सम्झँदै शुक्रबार थालनी भएको छ । पछिल्लो समयकी गायिका मिनाको स्वर र प्रस्तोता आभाषको संस्मरणमा यो कार्यक्रम चलेको थियो । कार्यक्रमको सुरूआत मेलवादेवीकै ‘न घरलाई घर कहिन्छ’ बाट सुरू भएको थियो । शहीद शुक्रराज शास्त्रीले रचना गरेको यो गीत सुनाएपछि आभाषले नेपाली गायिकाहरूसँगको आफ्ना सम्झना सुनाउँदै कार्यक्रमलाई अघि बढाएका थिए ।
‘बिर्सिएका वा ओझेलमा परेका कलाकारलाई संगीतमा निरन्तर लागिरहन आग्रहका साथ पलेँटी सुरू गरेका थियौं,’ कार्यक्रमको सुरूआतमा आयोजक नेपालयका किरणकृष्ण श्रेष्ठले भनेका थिए, ‘यसपालादेखि त्यसैलाई विषयगत हिसाबले अघि बढाउने योजनाका साथ नारी स्वरको सम्मानबाट थालनी गरेका हौं ।’