Successfully Copied

हेरिटेज पेजेन्टस् २०१९ टिम नेपाललाई उपलब्धी

गत फेब्रुअरी १६ मा सिंगापुरको ब्युटी वल्र्ड स्थित अंकल रिंगो काइन्डनेस कार्निभलमा संचालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज् पेजेन्टस् २०१९ को ग्राण्ड फिनालेमा नेपाली सहभागिहरुलाई महत्वपूर्ण उपाधिमा सफलता प्राप्त भएको छ ।

गत फेब्रुअरी १६ मा सिंगापुरको ब्युटी वल्र्ड स्थित अंकल रिंगो काइन्डनेस कार्निभलमा संचालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज् पेजेन्टस् २०१९ को ग्राण्ड फिनालेमा नेपाली सहभागिहरुलाई महत्वपूर्ण उपाधिमा सफलता प्राप्त भएको छ । प्रतियोगिता अन्तर्गत मिस हेरिटेज इन्टरनेसनल तर्फ नेपालकी अदिति श्रेष्ठले मिस फोटोजेनिक अवार्ड सहित फोर्थ रनर अपको उपाधि जित्न सफल भएकी छिन् । त्यसैगरी मिसेस् हेरिटेज इन्टरनेसनल तर्फ नेपालकी प्रतिस्पर्धी दुर्गा विसुराल सेकेन्ड रनर अप उपाधिको हकदार बनेकी छिन् । प्रतियोगितामा दुर्गाले मिसेस् पिस ड्ेरस, पिस एम्बेसडर तर्फ सेकेन्ड रनर अप तथा मिसेस् एथ्निक तर्फ फस्ट रनर अपको अवार्ड जित्न सफल भएकी थिइन् ।

ई प्लानेट प्रा.लि.को आयोजनामा संचालन भएको सो प्रतियोगितामा मिस तर्फ सेन्ट्रल एशियाकी गुल्बानो माडियारोभा र मिसेस् तर्फ भारतकी विद्या घाराले शीर्ष उपाधिको ताज पहिरिन सफल भएकी थिइन् । सिंगापुर काइन्डनेस मुभमेन्ट, अंकल रिंगो काइन्डनेसन कार्निभल, मलेसिया स्थित कलाइमनि केयर्सको सहकार्य रहेको सो प्रतियोगिता सिंगापुरका सुसान सान्फुर्मी कोहको संयोजनामा संचालन भएको थियो । प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी एवं इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहेका थिए । 

यस अघि ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ईप्लानेटको आयोजनामा नेपालमै पहिलोपटक अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसल २०१४’ सफलता पूर्वक सम्पन्न भएको थियो । प्रतियोगिताको दोस्रो संस्करण भारतको नयाा दिल्ली स्थित अशोका कन्ट्री रिसोर्टमा तथा तेस्रो संस्करण श्रीलंका स्थित बेरुवाला समुद्रि तट नजिकै वर्ष २०१६ मा सम्पन्न भएको थियो । 

 

 Image