Successfully Copied

स्ट्रोक थ्रोम्बोलाइसिसको मास्टर क्लास

नेपालमा स्ट्रोक (घात) सम्बन्धी रोगको उपचारमा सहयोग पुर्‍याउने र यसको समाधान छिटोभन्दा छिटो गर्ने उद्देश्यका साथ स्ट्रोक थ्रोम्बोलाइसिस मास्टर क्लास–२०१८ सम्पन्न भएको छ ।

नेपालमा स्ट्रोक (घात) सम्बन्धी रोगको उपचारमा सहयोग पुर्‍याउने र यसको समाधान छिटोभन्दा छिटो गर्ने उद्देश्यका साथ स्ट्रोक थ्रोम्बोलाइसिस मास्टर क्लास–२०१८ सम्पन्न भएको छ ।

सिनर्जी कर्पोरेसन तथा नेपाल स्ट्रोक एसोसिएसनद्वारा संयुक्त रूपमा नेपाली डाक्टरहरूलाई स्ट्रोक म्यानेजमेन्ट एवं त्यसको उपचारका बारेमा जानकारी दिने उद्देश्यले उक्त दुई दिने तालिमको आयोजना गरिएको हो । देशको भौगोलिक अवस्थाले गर्दा अझै पनि काठमाडौं उपत्यकाभन्दा बाहिरका नेपालीहरूले स्ट्रोकको गुणस्तरीय उपचार नपाइरहेको सन्दर्भमा यो मास्टर क्लास आयोजना गरिएको हो ।

उक्त तालिमका बारेमा बोल्दै प्रोफेसर डाक्टर जे.पी.अग्रवालले सीमित मानिसमा मात्र अस्पतालको पहुँच भएको हाम्रो जस्तो देशका लागि यस्तो कक्षा निकै सहयोगी हुने बताए । उनले भने– १० वर्षअघि स्ट्रोक थ्रोम्बोलाइसिसका बारेमा कतिपय डाक्टरलाई समेत त्यति जानकारी थिएन । स्ट्रोकले मानिसको ज्यान नै जाने हुँदा जनचेतनामूलक कार्यक्रम गर्नु सबैभन्दा राम्रो हो ।

कार्यक्रममा नेपाल स्ट्रोक एसोसिएसनका अध्यक्ष डा. लेखजंग थापाले विश्वभर ८६ प्रतिशत मानिसको मृत्यु स्ट्रोकका कारणले हुने जानकारी दिँदै अन्य रोगको तुलनामा यो रोगको असर बढी देखिन थालेको बताए । ‘तथ्यांकहरू हेर्दा २५ प्रतिशत अस्पताल भर्ना स्ट्रोकका कारण हुने गरेको देखिन्छ र ५९ वर्षभन्दा माथिका मानिसमा अधिक मात्रामा यो समस्या पाइएको छ, डा. थापाले भने ।

 Image