Successfully Copied

फेश अफ मारवाडी किड्स छानिए

गएको शनिबार गैह्रीधारास्थित एलिश रिसेप्सन्स्मा फेश अफ मारवाडी किड्स २०१९ नामक बालबालिकाहरु सम्बन्धीत सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ ।

गएको शनिबार गैह्रीधारास्थित एलिश रिसेप्सन्स्मा फेश अफ मारवाडी किड्स २०१९ नामक बालबालिकाहरु सम्बन्धीत सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ । पेज थ्रीका लागि रेखा मोदी आयोजक रहेको सो प्रतियोगितामा विभिन्न उमेर समूह अनुसार सहभागिहरु मध्येबाट विजेता निक्र्यौल गरिएका थिए । 

जस अन्तर्गत मिष्टर एण्ड मिस मिनी फेश तर्फ युवराज गोयल र चंचल मोहता विजेता चयन भएका थिए भने मेहुल अग्रवाल र रिद्दी सिंहानिया फस्ट रनर अप तथा कविश अग्रवाल र विधि अग्रवाल सेकेन्ड रनर अप छानिएका थिए । 

इभेन्ट बेटर ग्यालेक्सीको व्यस्थापनमा संचालन भएको सो कार्यक्रममा मिष्टर एण्ड मिस लिटिल फेश तर्फ भने नमन राजघडिया र पालक सारदा विजेता घोषणा गरिएका थिए । यो समूहमा आयुश वर्मा र विधि अग्रवाल फस्ट रनर अप तथा प्रवर्तक अग्रवाल र मानश्वी खेम्का सेकेन्ड रनर अपका रुपमा पुरस्कृत गरिएका थिए ।

 यसैगरी प्रतियोगितामा अनमोल शर्मा प्रिन्सेस् फेश अफ मारवाडीका रुपमा छानिएकी थिइन् भने सालिनी जैन फस्ट रनर अप र नियती शर्मा सेकेन्ड रनर अपका रुपमा छनौट भएका थिए । 

 Image