Successfully Copied

डिजाइनरहरुको प्रतियोगीता हुँदै

नेक्स्ट मोडल्स नेपालको ब्यानरमा संचालन हुने यो प्रतियोगिता मात्र उत्कृष्ट फेसन डिजाइनरको चयन गर्ने हेतु नभई विजेता डिजाइनरको सृजना र प्रतिभालाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने लक्ष बोकेको छ ।

नेपाली फेसनको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन तथा फेसन डिजाइनरहरुको सृजनात्मक कलाको सम्मानको उद्देश्य राखेर ‘डिजाइनर अफ द इयर’ शीर्षकमा फेसन डिजाइनरहरुको प्रतिस्पर्धा संचालन हुने भएको छ । नेक्स्ट मोडल्स नेपालको ब्यानरमा संचालन हुने यो प्रतियोगिता मात्र उत्कृष्ट फेसन डिजाइनरको चयन गर्ने हेतु नभई विजेता डिजाइनरको सृजना र प्रतिभालाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने लक्ष बोकेको छ । 

जस अनुरुप डिजाइनर अफ द इयरको अवार्ड उचाल्ने फेसन डिजाइनरले कोरियामा संचालन हुने एलबिएमए स्टार अवार्डस् २०१९, पुणे फेसन विक २०१९ तथा फेसन एक्स्पो २०१९ मा आफ्नो कलेक्सन प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् । यसका साथै मिलान फेसन वीकमा सहभागिताको संयोजन गरिने आयोजक पक्षले उल्लेख गरेको छ ।

प्रतियोगिताकै अवधिमा सहभागि डिजाइनरहरुले स्पेशल ग्रुमिङ कक्षा, सेल्फ मार्केटिङ, फेसन उद्यम, संचार, मिडिया मार्केटिङ लगायतका तालिम प्रदान गरिने छ । साथै सम्बन्धीत क्षेत्रका फेसन विज्ञ र जानकारहरुसित पनि अन्तक्र्रिया गराइने बताइएको छ । कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको स्टेज सेटअपका साथमा राजधानीस्थित तारे होटलमा भव्य रुपमा संचालन गरिने आयोजक पक्षले उल्लेख गरेको छ ।

 Image