दराजमा महिला
नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।
क्रिसमस ईभलाई मनाउने क्रममा गत सोमबार ईभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्टले कुपन्डोलस्थित होटल समीटलाई गन्तव्य बनायो । कार्यक्रम फेसन र संगीतको ककटेल थियो ।
कार्यक्रम राइजिङ रोयल नामक सांगीतिक समूहको प्रस्तुतिबाट आरम्भ भएको थियो भने लोकप्रिय गायक आनन्द कार्कीका चर्चित गीत संगीत प्रस्तुतिसंगै सांगीतिक रमझमको बिट मारिएको थियो । यसवीचमा फेसन शो प्रस्तुतिले वेग्लै माहौल बनाएको थियो ।
जस अन्तर्गत किड्स फेसन प्रस्तुतिमा बालबालिकाहरुले सांस्कृतिक पहिरन तथा पार्टी वेयर पहिरनमा क्याटवाक गरेका थिए । अर्कोतिर युवती मोडलहरुले ग्ल्यामरस पार्टी वेयर देखि विन्टर वेयर, लेंहेंगा, गाउन्, वन् पिस, ककटेल तथा इभिनिङ पार्टी वेयरका साथै पस्मिनाको कलेक्सनलाई प्रदर्शन गरेका थिए ।
फेसन शोमा डिजाइनर्स क्लोजेट, दुर्गाज् कलेक्सन, पेज थ्री तथा क्यास्टिलो क्यामिरी पस्मिनाका कलेक्सनलाई प्रस्तुत गरिएको थियो । फेसन शो प्रस्तुतिमा यौवना मोडल सहित केही युवा मोडलले रनवेमा आफ्नो उपस्थिति जनाएका थिए ।