दुःखमा अविचलित जोडी
प्रेमको पहिलो निशानी रिहानका कारण सञ्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालमै कोठा बुक गरेका थिए । किनभने रिहान ‘एनआइसियु’ मा भर्ना थिए । जन्मिएको ९० दिनभित्र उनको टाउकाका चार वटा ‘मेजर अप्रेसन’ गरिएको थियो ।
भोलि मंसिर २९ गते शनिबार दोस्रो संस्करणको मिस एन्ड मिसेज धौलागिरिको फाइनल हुँदैछ । कुश्मा पर्वतको सिद्धेश्वर फिल्म हलमा हुने फाइनलमा १२ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
अभ्यास इभेन्टद्वारा आयोजित यो प्रतियोगितामा पर्वत र बाग्लुङका विवाहित तथा अविवाहित महिलाहरूले भाग लिइरहेका छन् । अडिसनमा सहभागी १७ जनामध्येबाट उत्कृष्ट १२ छनोट गरी विभिन्न तालिमपश्चात् अन्तिम प्रतिस्पर्धामा उतार्न लागिएको आयोजक संस्थाका प्रबन्धक इन्दु शर्माले बताइन् ।
दुई बजे प्रारम्भ हुने फाइनल प्रतियोगिताको सञ्चालन कलाकार सन्दीप क्षेत्रीले गर्दै छन् ।