अटल सौन्दर्यको पक्षमा
‘रजस्वलाको सुगन्ध’ निकै शक्तिशाली कविता हो । यसले सिंगो नारी समुदायको सपना र आवाजलाई प्रतिनिधित्व गरेको छ । प्रकृति र नारीबीचको सम्बन्ध र यसले समाजमा पार्ने प्रभावलाई उजागर गरेको छ ।
भोलि मंसिर २९ गते शनिबार दोस्रो संस्करणको मिस एन्ड मिसेज धौलागिरिको फाइनल हुँदैछ । कुश्मा पर्वतको सिद्धेश्वर फिल्म हलमा हुने फाइनलमा १२ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
अभ्यास इभेन्टद्वारा आयोजित यो प्रतियोगितामा पर्वत र बाग्लुङका विवाहित तथा अविवाहित महिलाहरूले भाग लिइरहेका छन् । अडिसनमा सहभागी १७ जनामध्येबाट उत्कृष्ट १२ छनोट गरी विभिन्न तालिमपश्चात् अन्तिम प्रतिस्पर्धामा उतार्न लागिएको आयोजक संस्थाका प्रबन्धक इन्दु शर्माले बताइन् ।
दुई बजे प्रारम्भ हुने फाइनल प्रतियोगिताको सञ्चालन कलाकार सन्दीप क्षेत्रीले गर्दै छन् ।