‘मिसामी’मा नारी–व्यथा
२०३० सालमा लेखेर सोही वर्ष दोलखामा मञ्चन गरिएको नाटक ५१ वर्षपछि पुस्तकाकार रूपमा प्रकाशित

मिस वल्र्ड–२०१८ मा नेपाल सुन्दरी श्रृङ्खला खतिवडाले प्रतिस्पर्धा गरिरहेकै बेला अर्की चेली महिमा सिंह मिस सुप्रानेसनल–२०१८ मा नेपालका तर्फबाट प्रतिस्पर्धामा छिन् । विश्वका ७० भन्दा मुलुकका सुन्दरीहरूको सहभागिता रहेको मिस सुप्रानेसनल–२०१८ पोल्याण्डमा सञ्चालन भैरहेको छ ।
२३ वर्षीया महिमा सिंह मिस नेपाल–२०१८ की टप सेभेन प्रतिस्पर्धीमध्ये एक हुन् । मिस नेपालको आयोजक संस्थाले महिमालाई मिस नेपाल सुप्रानेसनल–२०१८ को ताज पहिर्याइदिएपछि महिमा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस सुप्रानेसनलको दसौं संस्करणमा सहभागी भएकी हुन् ।
काठमाडौं निवासी ५ फिट ८ इन्च अग्ली महिमाले एस इन्स्टिच्युट अफ म्यानेज्मेन्टबाट बिबिएको अध्ययन पूरा गरेकी छिन् । मिस सुप्रानेसनल–२०१८ को ग्राण्ड फिनाले मिस वल्र्ड–२०१८ को ग्रान्ड फिनालेको ठीक एक दिनअघि अर्थात् डिसेम्बर ७ तारिखमा सम्पन्न हुने बताइएको छ ।