Successfully Copied

केशका लागि पोषण

केशको स्थिति हेरेर केशलाई कति माया गरिएको छ भन्ने कुरा थाहा हुन्छ । केशको हेरचाहमा गरिएको थोरै पनि लापरबाहीले ठूलो नोक्सानी पुर्‍याउनसक्छ । केशको प्राकृतिक सौन्दर्य कायम राख्न त्यसको प्रकृतिअनुरूप हेरचाह गर्नु आवश्यक हुन्छ ।

अत्यधिक सुख्खापनका कारण पनि केश कमजोर भएर झर्छ । केशको सही हेरचाहका लागि रिठ्ठा, अमला, सिकाकाईलाई एक चौथाइ पानीमा रातभरि भिजाउनुपर्छ ।

केशको स्थिति हेरेर केशलाई कति माया गरिएको छ भन्ने कुरा थाहा हुन्छ । केशको हेरचाहमा गरिएको थोरै पनि लापरबाहीले ठूलो नोक्सानी पुर्‍याउनसक्छ । केशको प्राकृतिक सौन्दर्य कायम राख्न त्यसको प्रकृतिअनुरूप हेरचाह गर्नु आवश्यक हुन्छ ।

सामान्य केशको हेरचाह

गर्मीमा धोएको दुई दिनपछि र जाडोमा तीन दिनपछि धुने आवश्यकता महसुस भए केश आफ्नो सामान्य भएको बुझ्नुपर्छ ।

-    सामान्य केशको हेरचाहका लागि सातामा एकपटक राति तिल र बदामको तेललाई एकसाथ मिसाएर केश मालिस गर्नुपर्छ अनि ४–५ घन्टापछि स्याम्पु गर्नुपर्छ ।

-    केशलाई कसिलो गरी बाँधेर सुत्नु हुँदैन । केश धुन मनतातो वा चिसो पानी प्रयोग गर्नुपर्छ ।

-    अत्यधिक तैलीय भएका कारण केशमा चाया परेको छ भने त्यसलाई घटाउन घरेलु उपाय अपनाउन सकिन्छ । एक चम्चा त्रिफला पाउडरमा आधा कप पानी हालेर केही समय उमालिएको पानी सेलाएपछि छानेर त्यसमा एक चम्चा सिरका मिसाई त्यसबाट मसाज गर्नुपर्छ । भोलिपल्ट बिहान राम्रो खालको स्याम्पुले केश धुनुपर्छ ।

-    दुई मुठा पुदिनाको पातलाई आधा गिलास पानीमा २० मिनेटसम्म उमाली पानीलाई छानेर फ्रिजमा राख्ने । केश धुँदा उक्त पानीलाई स्याम्पुमा मिक्स गरेर धुने ।

सुख्खा केशको हेरचाह

-    स्याम्पु र कन्डिसनर प्योग गरेपछि पनि केश सुख्खा र कडा देखिन्छ भने त्यसको अर्थ केश शुष्क छ । यसलाई कोमल र नरम बनाउन केश धुनुभन्दा पहिले ओलिभ र केस्टर आयल मिसाएर टाउको मालिस गर्नुपर्छ ।

-    घरेलु कन्डिसनरका रूपमा अण्डामा कागती तथा ओलिभ आयलका केही थोपा मिसाएर केशमा लेपका रूपमा लगाई आधा घन्टा छोड्ने । त्यसपछि कुनै कन्डिसनरयुक्त स्याम्पुले केश पखाल्ने ।

कसरी रोक्ने केश झर्न

-    केश झर्ने थुप्रै कारण हुन्छन् । जस्तै इन्फेक्सन, हार्मोन्सको असन्तुलन, तनाव वा आनुवंशिक । यसका लागि विशेषज्ञबाट जाँच गरेपछि औषधि लिन सकिन्छ । आफ्नो आहारबाट सबै पोषक तत्व उपलब्ध भैरहेको छ भने केशको स्वास्थ्य ठीक रहन्छ । सन्तुलित आहारको प्रभाव केशमा झल्कन्छ । केश केराटिन नामक प्रोटिनबाट निर्मित हुन्छ जसका कारण आहारमा पर्याप्त मात्रामा प्रोटिन हुनु आवश्यक छ । यसका लागि अण्डा, माछा, पनीर, दूध, दही, बदाम, अंकुरित अन्न, फल, रेशादार तथा पत्तादार हरियो सागपात सेवन गर्नुपर्छ ।

-    केशको सरसफाइमा ध्यान पुर्‍याउनुपर्छ । केश बढी मैलो भएर चाया पर्दा पनि झर्छ ।

-    अत्यधिक सुख्खापनका कारण पनि केश कमजोर भएर झर्छ । केशको सही हेरचाहका लागि रिठ्ठा, अमला, सिकाकाईलाई एक चौथाइ पानीमा रातभरि भिजाउनुपर्छ । बिहान उक्त पानीलाई उमालेर एक चौथाइ पुर्‍याउनुपर्छ । त्यसपछि यसमा अण्डाको सेतो भाग, मूलतानी माटो र एलोबेरा जेल मिसाउनुपर्छ अनि केशमा हेयर प्याकका रूपमा लगाई केही घन्टापछि सादा पानीले धुनुपर्छ । रिठ्ठा, अमला र सिकाकाईबाट केश झर्न कम हुन्छ भने नयाँ केशसमेत उम्रन्छ । यसबाहेक अण्डाको जर्दीमा भएको प्रोटिनबाट केशलाई पोषण प्राप्त हुन्छ भने केशको प्राकृतिक रूपमा कन्डिसनिङ पनि हुन्छ ।

-    क्लिनिकल ट्रिटमेन्टका रूपमा कुनै राम्रो ब्युटी क्लिनिकमा ओजोन र लेजरको सिटिङस लिन सकिन्छ । लेजरबाट केशको नवीकरण हुन्छ भने ओजोनबाट पोषण प्राप्त हुन्छ । त्यसबाट केश राम्रो र मजबुत हुनुका साथै झर्न समेत बन्द हुन्छ ।

 Image