‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
एएनपी मिडिया हाउसले आयोजना गरेको ‘नेपाल किड्स आइकन २०१८’ सिजन –७ को उपाधि पेप्सीकोला निबासी ८ बर्षीय साईसा सेडाइले जित्न सफल भएकी छिन् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा निर्णायकको प्रश्नको उत्कृष्ठ जवाफ दिदै सेडाइ प्रतियोगीताको शिर्ष ताज जित्न सफल भएकी हुन् ।
काठमाडौं वल्र्ड स्कुल भक्तपुरमा ३ कक्षामा अध्यनरत छात्रा सेडाइ बिद्यालयमा समेत राम्रो बिद्यार्थीको रुपमा चिनिएकी छिन । तेज दिमाग भएकी सेडाइ पढाइसंगै अन्य आन्तरिक क्रियाकलापमा समेत उत्तिकै उत्कृष्ट रहेको उनका पिता ब्यबसायी तथा समाजसेवी सन्तोष कुमार सेडाईले बताए ।
काठमाडौं महानगरपालिका वडा न. ३२ पेप्सीकोलाकीे स्थायी बासिन्दा नेपाल किड्स आइकन २०१८ बिजेता सेडाइ भविष्यमा डाक्टर तथा समाजसेवी बन्ने चाहना लिएकी बताउँछिन् ।