अटल सौन्दर्यको पक्षमा
‘रजस्वलाको सुगन्ध’ निकै शक्तिशाली कविता हो । यसले सिंगो नारी समुदायको सपना र आवाजलाई प्रतिनिधित्व गरेको छ । प्रकृति र नारीबीचको सम्बन्ध र यसले समाजमा पार्ने प्रभावलाई उजागर गरेको छ ।
चुलोचौकामा सिमित गाउँ घरका महिलाहरु विस्तार घर बाहिर निस्कन थालेका छन् । समाजिक रुपमा महिलाहरुको सक्रियता बढ्दो छ । पछिल्लो समय उद्यमी महिलाहरुको संख्यामा पनि बृद्धि हुँदै गएको छ । विभिन्न क्षेत्रमा महिलाको सक्रियता बढेसँगै समाजमा यसको परिणम पनि राम्रो देखिन थालेको छ ।
तेस्रो उद्योग दिवस २०७५ को अवसरमा उद्यमी ३ महिला सम्मानित भएका छन् । दिवसको अवसरमा पाँचथरमा ३ महिलासहित ४ जना उद्यमी सम्मानित भएका हुन् । जिल्लाका उत्कृष्ट उद्योगीमध्येबाट चार जना उद्यमीलाई समान गरिएको हो ।
सम्मानित हुनेहरुमा यासोकको सृजनशील ढाका उद्योगकी सञ्चालक योगीता सम्वाहाम्फे, फिदिमको याक्थुङ खेस उद्योगकी सञ्चालक प्रमिला फागो, लक्की व्यूटी पारलरकी सञ्चालक लक्की सुजी र फिदिम–२ को रिका हाते कागज उद्योगका सञ्चालक रमेश थापा मगर रहेका छन् ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विस्नुप्रसाद सापकोटाले जनही नगद ५ हजार, दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरे ।