अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
चुलोचौकामा सिमित गाउँ घरका महिलाहरु विस्तार घर बाहिर निस्कन थालेका छन् । समाजिक रुपमा महिलाहरुको सक्रियता बढ्दो छ । पछिल्लो समय उद्यमी महिलाहरुको संख्यामा पनि बृद्धि हुँदै गएको छ । विभिन्न क्षेत्रमा महिलाको सक्रियता बढेसँगै समाजमा यसको परिणम पनि राम्रो देखिन थालेको छ ।
तेस्रो उद्योग दिवस २०७५ को अवसरमा उद्यमी ३ महिला सम्मानित भएका छन् । दिवसको अवसरमा पाँचथरमा ३ महिलासहित ४ जना उद्यमी सम्मानित भएका हुन् । जिल्लाका उत्कृष्ट उद्योगीमध्येबाट चार जना उद्यमीलाई समान गरिएको हो ।
सम्मानित हुनेहरुमा यासोकको सृजनशील ढाका उद्योगकी सञ्चालक योगीता सम्वाहाम्फे, फिदिमको याक्थुङ खेस उद्योगकी सञ्चालक प्रमिला फागो, लक्की व्यूटी पारलरकी सञ्चालक लक्की सुजी र फिदिम–२ को रिका हाते कागज उद्योगका सञ्चालक रमेश थापा मगर रहेका छन् ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विस्नुप्रसाद सापकोटाले जनही नगद ५ हजार, दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरे ।