Successfully Copied

टिकेएस मिसेस् इन्टरनेसनल

सिंगापुरमा आयोजना हुँदै आएको विवाहित महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता टिकेएस मिसेस् इन्टरनेसनल २०१८ मा सहभागी हुनका लागि नेपालका तर्फबाट तीन जना मिसेस् सुन्दरी सिंगापुर प्रस्थान गरेका छन् ।

नेपाली सुन्दर तथा सुन्दरीहरु अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागि हुने क्रम बढ्दो छ । यही मेसोमा सिंगापुरमा आयोजना हुँदै आएको विवाहित महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता टिकेएस मिसेस् इन्टरनेसनल २०१८ मा सहभागी हुनका लागि नेपालका तर्फबाट तीन जना मिसेस् सुन्दरी सिंगापुर प्रस्थान गरेका छन् ।

रिबन इन्टरटेन्मेन्ट प्रा.लि.को संयोजन र व्यवस्थापनमा उक्त प्रतियोगितामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेहरुमा सुरुची पाण्डे, एलिजा महर्जन र चन्दा थापा गिरी रहेका छन् । सुरुची रिबन इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न मिसेस् नेपाल इन्टरनेसनल २०१७ का विजेता हुन् भने चन्दा थापा गिरी मिसेस नेपाल इन्टरनेसनल २०१८ का विजेता हुन् ।

यसैगरी एलिजा महर्जन भने ग्ल्याम वल्र्ड इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न मिसेस् नेपाल ग्ल्याम २०१८ का विजेता हुन् । टिकेएस् मिसेस् इन्टरनेसनल २०१८ प्रतियोगिता १२ औं संस्करण हो र यो अक्टोबर २८ देखि नोभेम्बर ३ भित्र सिंगापुरमा संचालन हुनेछ । प्रतियोगितामा नेपाल बाहेक विश्वका अन्य दुई दर्जन राष्ट्रका मिसेस् सुन्दरीहरुको सहभागिता रहनेछ ।

 Image