मातृत्वले जन्माएको उद्यम
५० हजार लगानीमा दुई जनाबाट सुरु भएको उनको यात्रा आज विस्तार हुँदै करिब दुई दर्जन कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिने अवस्थामा पुगेको छ ।
झापा, दमककी सुप्रिया कडरियाले २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस प्रोविन्स वानको उपाधि जितेकी छिन् । प्रतियोगिताको फस्ट रनर्सअप झापा, अर्जुनधाराकी दीपशिखा नेपाल तथा सेकेन्ड रनर्सअप इलाम सूर्याेदय नगरपालिकाकी सुप्रिया कोइराला घोषित भए ।
यो प्रतियोगितामा प्रदेश नम्बर १ का १४ जिल्लाका २६ जना सहभागी थिए । उनीहरूलाई मिस मेची समीक्षा खतिवडा, मिस टिन साङमा शेर्पा तथा मिस एसइइ स्नेहा संग्रौलाले ताज पहराइदिएका थिए । यसअघि मिस मेचीका नाममा सञ्चालन भैरहेको यो प्रतियोगितालाई देश संघीय संरचनामा गएपछि प्रदेश नम्बर–१ स्तरीय बनाइएको आयोजकहरूले बताएका छन् ।
यो प्रतियोगिता ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्ट एवं एजुकेसन एन्ड माइग्रेसन कर्नरले संयुक्त रूपमा आयोजना गरेका हुन् ।