महिला बचतप्रति सजग भएका छन्
पछिल्लो समय नारीहरू आत्मनिर्भर हुँदै गएका छन् । बचत गर्नेप्रति उनीहरू सजग भएका छन् । आत्मनिर्भर भई आफैंले कमाएर बचत गरौं भन्ने सोचको विकास उनीहरूमा भइसकेको छ ।

व्रतअघिको तयारी
हातखुट्टालाई मनतातो ओलिभ आयलले राम्रोसँग मालिस गरी केही समय स्याम्पु पानीमा डुबाएर राख्नुपर्छ । त्यसपछि सफा पानीले हातखुट्टा धुने । काम गर्दा हातखुट्टा खस्रो र फोहोर भए कागतीको रस दली ब्रसले रगडेर सफा गर्ने । राति सुत्नुअघि हातखुट्टामा क्रिम वा लोसन प्रयोग गर्नुपर्छ । कागतीले हातलाई कोमल तथा उज्यालो बनाउँछ । यसले नङलाई सफा राख्छ । अत: कागती प्रयोग गरेर हातखुट्टालाई नरम एवं सफा राख्न सकिन्छ । मह तथा सुन्तलाले पनि हातखुट्टालाई नरम बनाउँछ । तीजको अवसरमा हातखुट्टाको राम्रोसँग स्याहार गर्ने हो भने सुन्दर देखिनुका साथै हिँड्दा, नाच्दा वा घाममा निस्कदा त्यति गार्हो हुँदैन ।
तीजलाई चाहिने पूजा सामग्री
प्रीति आत्रेय ज्ञवाली
फलित ज्योतिषाचार्य
- भाद्र महिनाको शुक्ल पक्षको तिथिलाई तीज भनिन्छ ।
- पार्वतीले श्रीमहादेवलाई स्वामी पाउँm भन्ने उद्देश्यले पार्वतीका साथीहरूले हरण गरी वनमा लगेर पूजाआजा गरेकीले तीजलाई हरितालिका पनि भनिएको हो । आलिभि: हरिता अर्थात् सखीहरूद्वारा हरण गरिएकी हुनाले तीजलाई हरितालिका भन्न थालिएको हो ।
- महिलाहरूका लागि यो व्रत अति उत्तम व्रत मानिन्छ जुन सौभाग्य प्राप्तिका लागि लिइन्छ ।
पूजा सामग्री
- ब्राह्मणवरण, पूजा गर्न सर्वप्रथम आफ्नो गोत्रसित नमिल्ने गोत्र भएका पुरोहितको आवश्यकता हुन्छ । आफैंले पूजा गर्ने भए कुशको ब्राह्मण स्थापना गरेर पूजा गर्नुपर्छ ।
- पूजा गर्ने स्थानमा पवित्र भएर शुद्ध वस्त्र धारण गरी पञ्चगव्य (गहुँत, गोबर, दूध, दही तथा घिउको मिश्रण) आचमन गर्ने (शरीरमा छर्कने) ।
- उपलब्ध भए बालुवाको नभए आफूसित भएको गौरीसहित शिवलिङ्गको प्रतिमा, दीप, कलश, गणेश आसन (प्रतिमा राख्नका लागि भए वस्त्र नभए वस्त्र सम्झिएर फूल भेटी), पाद्य (जौ, तिल, कुशसहितको जल) अघ्र्य, पञ्चामृत (दूध, दही, घिउ, मह र चिनी) ।
- यसैगरी शुद्ध जल, जनै, चन्दन, अक्षता, सौभाग्य (बेसार, अबिर, सिन्दूर, गाजल आदि भएको), फूल (मौसमअनुसारका फूल), बेलपत्र, धूप, बत्ती, नैवेद्य (प्रसादका लागि घरमा पकाइएको मिठाईं वा अरु कुनै नैवेद्य तथा लगाउने कुराहरू), मौसमअनुसारका फलफूल, पानको पात, गहना (सौभाग्य सामग्री, वस्त्र), भेटी, दक्षिणा, नीराजन (आरती) तथा वायन (पूर्णपात्र) प्रयोग गरी तीजको पूजा गर्नु उपयुक्त हुन्छ ।