आत्मविश्वासी सोफिया
सानैदेखि हक्की र साहसी सोफिया भुजेल सन् २०२२ की ‘मिस युनिभर्स नेपाल’ विजेता हुन् । आगामी जनवरी १४ मा अमेरिकाको न्यू ओर्लिन्समा हुने ‘मिस युनिभर्स’ मा उनी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दैछिन् ।
राजधानीको लैनचौर स्थित होटल मल्लमा सम्पन्न मिस टुरिजम २०१८’ उपाधि भक्तपुरकी मनिता पौडेलले जित्न सफल भएकी छिन् । प्रतियोगितामा मनिताले फोटोजेनिक विधाको अवार्ड सहित विजेताका रुपमा नगद पुरस्कार पचास हजार पनि प्राप्त गरिन् ।
प्रतियोगिताको फस्ट रनर अपको उपाधी प्रकृति ढकालले र श्रुती थापाले सेकेण्ड रनर अप उपाधि जित्दै क्रमश: ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगितामा दिक्षा श्रेष्ठ इन्टेलिजेन्ट, सुस्मा खनाल पब्लिक च्वाईस र स्माईल, प्रकृति ढकाल ट्यालेन्ट र डिसिप्लिन, संगीता थापा फिगर, सृजना घिमिरे फ्रेण्डसिप, श्रृति थापा पर्सनालिटी, सगुन अधिकारी वेष्ट वाक विधामा विजेता चयन गरिएका थिए ।
प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने, पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले प्वाइन्ट मिडिया प्रा.लि.ले आयोजना गरेको हो ।