बजारका जानकारहरूको मान्यतामा सही समयमा सही खरिदारी नै समझदारीको खरिददारी हो । अर्थ व्यवस्थामा आएको गिरावटका कारण मानिसहरू पुराना नभएका सामग्री पनि आफ्नो घरबाहिर निकाल्न चाहन्छन् । यस्ता सामग्रीहरू सहुलियत दरमा खरिद गर्न सकिन्छ । यी सामग्रीहरू हतारमा खरिद गर्दा भने नोक्सान हुनसक्छ तसर्थ पुराना सामग्री खरिद गर्दा केही कुरामा ध्यान पुर्याउनुपर्छ ।
मोबाइल फोन
सामान्य रूपमा मोबाइल फोन ८ महिनासम्म राम्रोसँग चल्छ । ४ महिना प्रयोग गरिएका फोन २५ देखि ३० प्रतिशत कम दाममा बिक्री हुन्छन् ।
पुराना फोन खरिद गर्नुभन्दा पहिले फोनको आइएमइआई कोड तथा बिल दुवै जाँच गर्नुपर्छ । किनभने मोबाइल चोरीको हुनसक्छ ।
मोबाइल खरिद गर्नुभन्दा पहिले बिल हेर्नुपर्छ साथै वारेन्टी पनि जाँच्नुपर्छ । किप्याडका सबै बटनले काम गरेका छन् कि छैनन् जाँच गर्नुपर्छ ।
टिभी
हिजोआज टिभीको परिभाषा परिवर्तन भएको छ । अब यसलाई पुरानो पुस्ताले जस्तो प्रयोग गर्ने चलन छैन । अहिले पुरानो टिभीभन्दा प्लाज्मा तथा एलसीडी नै मन पराइन्छ । त्यसैले अहिले बजारमा सेकेन्ड ह्यान्ड टिभी सेट बिक्रीका लागि उपलब्ध हुन्छन् । यी टिभी आधाभन्दा कम मूल्यमा खरिद गर्न सकिन्छ ।
टिभी खरिद गर्दा त्यसको आवाज सुन्नुपर्छ । केवल लगाएर टिभी चेक गर्नुपर्छ । सेट खोलेर चेक गर्दा नयाँ वायर देखियो भने टिभी धेरै पुरानो हो भन्ने बुझ्नुपर्छ । रिमोट कन्ट्रोल सक्कली हो–होइन जाँच्नुपर्छ ।
वासिङ मेसिन
सेमी अटोमेटिक मेसिनले काम गर्न समय लिइरहेको छ भने त्यसको साटो सेकेन्ड ह्यान्ड मेसिन लिनु राम्रो हुन्छ ।
खरिद गर्नुभन्दा पहिले मेसिन चलाएर जाँच गर्नुपर्छ । मेसिन लगातार चल्न मानिरहेको छैन भने त्यसको मोटरमा खराबी छ भन्ने बुझ्नुपर्छ ।
ड्रम राम्रोसँग जाँच्नुपर्छ । मेसिनमा हार्ड वाटर प्रयोग भएको छ भने पाइप, मेसिन तथा ड्रम बिग्रिएको हुनसक्छ ।
कम्प्युटर तथा ल्यापटप
हार्डडिस्कलाई स्क्यान गरेर जाँच्नुपर्छ ।
ध्यान दिएर आवाज सुन्नुपर्छ । आवाज नराम्रो छ भने त्यसमा सीपीयु फ्यान खराब भएको हुनसक्छ । यसैगरी एसी तथा फ्रिज खरिद गर्दा पनि विशेष ध्यान पुर्याउनुपर्छ । यस्ता सामग्रीको मूल्य स्थितिको हिसाबले तय हुन्छ ।