खगोल विज्ञान सिक्दै–सिकाउँदै
सुरेशको संस्थाले देशका विभिन्न स्थानबाट तारा हेर्ने र खगोलमा रुचि राख्नेहरूका लागि प्रशिक्षण तथा कार्यक्रम सञ्चालन गर्दै आएकोे छ ।
वर्ष २०७४ को अन्तिम साँझ अर्थात् चैत्र ३० गते शुक्रबार फेसनका पछिल्ला रहस्यहरु सार्वजनिक हुने भएको छ । सुन्दर एवं आकर्षक डिजाइनमा तयार पारिएका स्टाइलिस नमूनाहरु सार्वजनिक गर्न तयार भएका छन् युवा फेसन डिजाइनहरुको एउटा समूह ।
उत्कृष्ट वीर विक्रम खड्का, नुदिना राई, सुमना शर्मा, अनिता लोहनी, विजय के.कहर तथा बेलो कलेक्सनस् । यी डिजाइनरहरुले तयार पारेका विभिन्न शैलीका क्याजुयल, पार्टी, रेड कार्पेट, स्ट्रिट वेयर लगायतका सिर्जनाहरु लाजिम्पाट स्थित नेपाली चुलो नामक रेष्टुराको ब्याङ्क्वेट हलमा सार्वजनिक हुन लागेको हो ।
नयाँ वर्षको स्वागतसँगै सम्पन्न हुन लागेको यो फेसन कार्यक्रममा २४ जना युवती र ११ जना युवा मोडलहरुले उल्लेखीत डिजाइनरहरुले तयार पारेका पहिरनहरुलाई आफ्नो मोडलिङ कला र सीप मार्फत् प्रस्तुत गर्नेछन् भने उनीहरुलाई प्रस्तुतिलाई कोरियोग्राफ गर्नेछन् मोडल कोरियोग्राफर दिक्पाल कार्कीले । फेसन सिक्रेट शीर्षक अन्तर्गतको दोस्रो श्रृङ्खलाको रुपमा प्रस्तुत हुने यो फेसन कार्यक्रमलाई ड्रिम सर्च एजेन्सीको सहकार्यमा नेपाल इन्स्टिच्युट अफ फेसन, नीफ नामक फेसन डिजाइनिङ सम्बन्धी अध्यापन गर्ने गराउने संस्थाले आयोजना गर्न लागेको हो ।