आदर्श प्रेमको नमुना जोडी
प्रेम र विवाहका भिन्नताबारे दुवैले एकसाथ भने, ‘प्रेम सम्मानित र आदर्श छ, प्रेम हुँदैमा विवाह हुनैपर्छ भन्ने छैन । प्रेम आदर्श हो भने विवाह संस्कारगत संस्था ।

यो डेन्टल इम्प्लान्ट के हो ?
डेन्टल इम्प्लान्ट दाँत नभएको अथवा कुनै कारणले दाँत निकालेको ठाउँमा राखिने एक प्रकारको आधुनिक प्रविधि हो । यो प्रविधि नेपालमा समेतउपलब्ध छ ।
डेन्टल ब्रिज एवं नक्कली दाँत र यसमा के फरक छ ?
यसमा साधारण डेन्टल ब्रिज तथा डेन्चर (नक्कली दाँत) मा जस्तो अप्ठ्यारो हुँदैन । यो इम्प्लान्ट आफ्नो सक्कली दाँतजस्तै हुने हुँदा असजिलो महसुस हुँदैन । यसमा डेन्टल ब्रिजमा जस्तो अगाडि र पछाडिका दाँतको सपोर्ट लिनु नपर्ने हुँदा ती दाँतमा असर पनि पर्दैन ।
यो कुन उमेरका लागि उपयुक्त छ ?
डेन्टल इमप्लान्ट जुनसुकै उमेरका मानिसले गर्न सक्छन् । यसमा उमेरको कुनै हदबन्दी छैन ।
कस्ता स्वास्थ समस्या भएकाहरूले यो प्रविधि अपनाउन मिल्दैन ?
उच्च रक्तचाप, मुटु रोगी तथा अनियन्त्रित मधुमेह भएको अवस्थामा सम्बन्धित चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । दाँतको हड्डी कम भएको वा इन्फेक्सन भएको अवस्थामा बोन ग्राफ्ट गरेर पनि यो उपचार सम्पन्न गरिन्छ ।
डेन्टल इम्प्लान्ट कसरी गरिन्छ ?
डेन्टल इम्प्लान्ट एउटा टाइटेनियम पोस्ट हो जुन सर्जिकल तरिकाले च्यापुको हड्डी (ज बोन) अथवा खपडीभित्रको हड्डीमा राखिन्छ । यो बायो कनप्याटिबल भएकाले हाम्रो शरीरले यसलाई सजिलै स्वीकार गर्छ । यो पोस्टलाई हड्डीसँग समाहित गर्न केही महिना छोडिन्छ । दुई वा तीन महिनापछि यो पोस्टलाई जब हड्डीले समात्छ, त्यसपछि मात्र नक्कली दाँत राखिन्छ । कुनै–कुनै अवस्थामा सबै कन्डिसन ठीक छ भने छिट्टै नक्कली दाँत हालिन्छ जसलाई इमिडियट इम्प्लान्ट भनिन्छ ।
इम्प्लान्टका लागि दाँत र गिजाको अवस्था कस्तो हुनुपर्छ ?
यसलाई इम्प्लान्ट गर्न गिजा बलियो र हड्डी प्रचूर मात्रामा हुनुपर्छ । यो प्रक्रिया लोकल एनेस्थेसियाबाटै सम्पन्न गर्न सकिन्छ । यसमा हड्डीभित्रको इम्प्लान्टले दाँतको जराको जस्तै काम गर्छ । त्यसकारण यो निकै बलियो हुन्छ ।
यसको सुरक्षाका लागि के कुरामा ध्यान पुर्याउनुपर्छ?
दाँत नभएको खाली ठाउँमा हालिने भएकाले दाँतलाई जस्तै साधारण टुथ ब्रस र डेन्टल फ्लसले सफा गर्न सकिन्छ ।
यो प्रविधि कत्तिको महँगो छ ?
यो प्रविधि अलि लामो प्रक्रियाको र यसमा प्रयोग हुने सामग्री केही महँगा हुने हुँदा यो केही खर्चिलो उपचार हो तैपनि विदेशको दाँजोमा नेपालमा धेरै सस्तो छ । सुरुमा महँगो उपचार लागे पनि यसका फाइदा धेरै हुने भएकाले डेन्टल इम्प्लान्ट समस्याको दीर्घकालीन समाधानको एउटा राम्रो विकल्प हो ।
लुमन्ती डेन्टल क्लिनिक, पाटनढोका