अनु अनमोल क्षेत्री
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।
- पूनम क्षेत्री गौतम
फेसन डिजाइनर तथा चलचित्र निर्मातृ
मेरो विश्वास : काम तथा इमान्दारिता ।
मेरो मन : निश्चल ।
मेरो आशा : विकास र परिवर्तन ।
मेरो समर्पण : प्रयास ।
मेरो भरोसा : मेरो क्षमता ।
मेरो प्रेम : परिवार ।
मेरो बलियो पक्ष : निडर ।
मेरो आत्मा : सरल ।
मेरो इच्छा : सिर्जना ।
मेरो घर : सहज र सुरक्षित स्थान ।
मेरा सन्तान : जिम्मेवारी ।
मेरो कर्म : राष्ट्रहितका लागि ।
मेरा श्रीमान् : साथी ।
मेरा अभिभावक : म हुनुको अर्थ ।
मेरो भविष्य : मैले रोजेको बाटो ।
मेरो योजना : मुलुक समृद्धिका लागि योगदान ।
मेरो जीवन : काम अनि संघर्षबाट सुरु हुन्छ । म हुनुको अर्थ आफू मात्र नभएर सम्पूर्ण मुलुकलाई चिनाउनु हो । आफ्नो देशलाई माया गरी आफ्नो बचनमा सदा समर्पित रहनु नै मेरो जीवन हो ।