प्रकृतिप्रेमी सृष्टि
‘मिस नेपाल २०१२’ की विजेता हुन्–सृष्टि श्रेष्ठ । सानैदेखि शान्त र अन्तर्मुखी स्वभावकी उनी पछिल्लो समय चलचित्र र थिएटरमा सक्रिय छिन् ।

धेरै समयदेखि घरमा रंग लगाइएको छैन भने भित्ताका रंगहरू फिक्का हुनथाल्छन् । धेरैजसो कामकाजी मानिसले समय अभावका कारण आफ्नो घरको भित्तामा कलरसम्म गर्न भ्याएका हुँदैनन् । यस्तो समस्यालाई वालपेपरले निकै सहज बनाइदिएको छ । वालपेपरले कम समयमै बिनाझन्झट नयाँ तथा ट्रेन्डी लुक दिन्छ ।
कुल लुक
लिभिङ रुमलाई कुल लुक दिन ब्राइट कलरको वाल कलर प्रयोग गर्नुपर्छ । यसले आँखालाई शीतलता प्रदान गर्नुका साथै कोठा पनि फ्रेस देखिन्छ ।
स्मार्ट आइडिया
कुल लुकका लागि ह्वाइट, लाइट ब्लु, ओलिभ ग्रिन, लेमन एल्लो आदि ब्राइट वालपेपर छनोट गर्नुपर्छ । होम डेकोरका अन्य सामग्रीका लागि पनि लाइट कलर प्रयोग गर्न सकिन्छ । फ्लोरल प्रिन्ट्स तथा पेस्टल कलरका कुसन एवं बेड कभर प्रयोग गर्ने । लाइट कलरका पर्दाका साथ इन्डोर प्लान्ट पनि लगाउने । यसले घरको सुन्दरता बढाउँछ र कुल लुक प्रदान गर्छ ।
रोमान्टिक लुक
बेडरुममा रेड, पिंकजस्ता रोमान्टिक वालपेपर लगाउने । भित्ताको कुनै एक भागमा फूल वा कुनै रोमान्टिक साइन दिने पेन्टिङ गराउने ।
स्मार्ट आइडिया
पिंक वा रेड कलरको थिम बनाउने । बेडरुममा धेरै फर्निचर नराख्ने । बेडरुम पूरै रातो देखिने गरी कलर नगर्ने । रातो कलरमा रोमान्टिक लुक दिने गरी वाल डेकोरेसन गर्ने ।
आर्टिस्टिक लुक
होम डेकोरमा एक्सपेरिमेन्ट गर्ने मन छ भने कलरफूल आर्टिस्टिक वालपेपरले भित्ता सजाउन सकिन्छ ।
स्मार्ट आइडिया
भित्तामा आर्टिस्टिक टच दिन फूल, पात आदि डिजाइनको वालपेपर छान्ने । एउटा भित्तामा आफ्नो पारिवारिक तस्बिर वा तस्बिरहरूको कोलाज राख्ने । युनिक डिजाइनको कार्पेट बिछ्याएर पनि कोठालाई आर्टिस्टिक लुक दिन सकिन्छ । सुन्दर पेन्टिङ, युनिक डेकोर एसेसरिजले घरलाई कलात्मक लुक दिन्छ
र ह्यान्डिक्राफ्ट आइटमले पनि फरक
महसुस गराउँछ ।
क्लासी लुक्स
क्लासी लुक्सका लागि वुडन कलरको वालपेपर छनोट गर्न सकिन्छ । बजारमा धेरै प्रकारका वुडन सेड वालपेपर उपलब्ध छन् ।
स्मार्ट टिप्स
कोठाको भित्ताको एउटा भागमा वुडन वालपेपर लगाउने हो भने अरु भित्तामा ग्रेजस्तै क्लासी कलर पेन्ट गर्न सकिन्छ । यो थिमका साथमा कालो र सेतो तथा क्रिम कलरको फर्निचर सुहाउँछ । भित्ता सजाउन पुराना पेन्टिङ तथा ठूल्ठूला वुडन ऐनाहरू राख्न सकिन्छ ।