३३ वर्षे यात्रा गाथा
सम्बन्धलाई तरोताजा र फ्रेस राख्न आज पनि यो जोडी घरपरिवार, आमाबुवा, सासू–ससुरा, छोराछोरी कसैलाई थाहै नदिई सुटुक्क यात्रामा त कहिले मुभी हेर्न निस्कन्छ ।
एजुकेसनल ब्युटी प्याजेन्ट उपनाम दिइएको कलेजमा अध्ययनरत छात्रामा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘कलेज क्वीन नेपाल २०१७’ को उपाधिमा भूमिका घिमिरेले आफ्नो नाम दर्ता गराएकी छिन् ।
हालै जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको प्रतियोगिता विजेताको ताज सहित भूमिकाले नगद पुरस्कार पचास हजार पनि आफ्नो नाममा सुरक्षित बनाएकी छिन् । प्रतियोगितामा फस्ट रनर अपका रुपमा क्वीन एजुकेसनल एम्बेसडर अफ नेपाल शीर्षकमा सुबानी गोर्खाली तथा सेकेन्ड रनर अपका रुमपा कलेज क्वीन आइकन शीर्षकमा श्रीषा न्यौपानेलाई विजेता चयन गरिएको थियो ।
प्रतियोगितामा प्रेक्षा के.सी. पब्लिक च्वाइस अवार्ड, सन्जु तामाङ वेष्ट ड्रेस, लसता महर्जन बेस्ट क्याटवाक, सामना सत्याल बेस्ट डिसिप्लिन, अनिमा गौतम बेस्ट ब्युटी र अनुपमा पौडेलले बेस्ट फ्रेण्डशिपको अवार्डमा उत्कृष्ट ठहरिएका थिए । आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको सो प्रतियोगिता विपना थापाको कोरियोग्राफीमा संचालन भएको थियो ।