अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
सुमित्रा श्रेष्ठ, गोरखा
नारी पढ्दा राजधानी केन्द्रित पत्रिकाजस्तो लाग्छ । यसमा उपत्यकाबाहिरका कामकुरा नछापिने त होइनन् तर ती पर्याप्त छैनन् । उपत्यकाबाहिरका क्रियाकलाप समेट्न तथा मोफसलमा बसेर संघर्ष गरिरहेका महिलाहरूको जानकारी सबैसामु पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने नारीले त्यसतर्फ ठोस कदम चाल्न आग्रह छ । सबैलाई समेट्न सके नारीको दायरा फराकिलो हुने थियो भने मोफसलका पाठकले पनि अपनत्व महसुस गर्ने थिए । आवश्यक नयाँ स्तम्भहरू थप गरेर भए पनि नारीलाई अझ रोचक एवं पठनीय बनाउनुपर्छ । राजधानी तथा मोफसलमा आयोजना भैरहने महिलासम्बन्धी कार्यक्रमका झलक तथा जानकारीहरू बढीभन्दा बढी समेटेर महिलाहरूको यो प्रिय पत्रिकालाई अझ सशक्त बनाउन सके त्यो हाम्रा लागि गर्व गर्नलायक विषय हुने थियो ।