‘प्रतिबद्ध जोडी’
वैवाहिक सम्बन्ध मैत्रीपूर्ण बनाउन समानताको हिसाबले व्यवहार र सम्मान गर्नसक्नुपर्छ । सामाजिक कल्याणका लागि पनि त्यहाँबाट लगानी हुनुपर्छ ।

नेपाली कांग्रेसका महिला नेतृहरूले स्थानीय तहको निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन पार्टी नेतृत्वलाई दबाब दिन थालेका छन् । कांग्रेसको भातृ संगठन नेपाल महिला संघका पदाधिकारीहरूले गत महिना पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनमा ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाउन दबाब दिएका हुन् । नेपाल महिला संघका पदाधिकारीले उम्मेदवारी चयन गर्ने निकायमा आफूहरूको प्रतिनिधित्व अनिवार्य गराउन पनि माग गरेका थिए ।