प्रेमिल जोडी
एकजना साथीले मोडल करिष्मा केसीलाई ‘सलोन बस्नेतसँग म्युजिक भिडियो खेल्ने हो ?’ भनेर अफर गरे । करिष्माले ‘हुन्छ’ भनिदिइन् । सलोनले अभिनय गरेको ‘होस्टल’ चलचित्र हेरेपछि करिष्मा उनको फ्यान बनेकी थिइन् ।
हाम्रो सामाजिक व्यवस्थाका कारण महिलाहरू पुरुषमाथि निर्भर रहनुपर्ने तीतो यथार्थ छ तर क्षमताको कुरा गर्ने हो भने महिलाहरू पनि कम छैनन् । सामाजिक परिपाटीका कारण क्षमता देखाउन नपाएर खुम्चिरहेको छ उनीहरूको प्रतिभा । जब युवा महिला नयाँ जोसका साथ अघि बढ्छन् तब उनीहरू हरेक मोर्चामा अग्रपङ्क्तिमा उभिन्छन् ।
गत महिनाको नारीमा प्रकाशित ‘युवा आशा’ पढेपछि ममा ठूलो हिम्मत जागेको छ । राजनीतिक, सामाजिक, आर्थिक, सिर्जनात्मक आदि हरेक क्षेत्रमा उदीयमान युवा महिलाहरूले जुन उत्साह प्रदर्शन गरेका छन् त्यो प्रेरक छ । म ती सम्पूर्ण युवा महिलाहरूलाई सलाम गर्न चाहन्छु ।
सविना बर्तौला, चितवन