Kanchhi Kitchen की कान्छीमैयाको कथा - बत्तीको स्विचमा मट्टीतेलको खोजीदेखि युट्युब च्यानलसम्मका कुरा [ भिडिओ सहित ]
निर्भीक नारी
सदावहार गायिका तारा थापा बगैंचा नाईटमा भावुक बनिन् । क्यान्सरले जीवन र मरणको दोसाधमा रहेको बेला हङ्कङेली दर्शक, श्रोताहरुबाट पाएको सहयोग र सहानुभूतिले स्टेजमै उनको आाशु झर्यो । ‘सवैले दिने उस्तै हुन्छ माया’, ‘सयथरी बाजा एउटै ताल’, ‘कट्र कट्रमा’ लगायत आफ्ना चर्चित कालजयी गीतहरु सुनाएकी तारालाई स्थानीय गायक एल.बि मुखियाले साथ दिएका थिए ।
बगैंचा अक्षयकोष निर्माणार्थ आयोजित दोश्रो बगैंचा नाईटमा गायिका आस्था रावत, गायक बिनोद राई, गायक तथा संगितकार पुष्कर सुनुवार, नव गायीका सुनिता थेगिम लिम्बु, डान्सर सुरेश याक्खा लगायतले आफ्नो प्रस्तुती दिएका थिए । हङ्कङ स्थित युङ्लङ थिएटरमा सम्पन्न कार्यक्रम बगैंचा संञ्चार हङकङले आयोजना गरेको हो भने कार्यक्रम देबराज राईले सञ्चालन गरेका थिए ।