Successfully Copied

घरपालुवामा छारे रोग

छारे रोग विभिन्न किसिमको अवस्थामा फरक तरिकाले देखा पर्छ । समयमा उपचार भएन भने यो रोगकै कारण ज्यानै जान सक्छ । सुरुको उपचार कुकुरलाई यसको असरबाट कसरी बाहिर निकाल्ने भन्ने कुरामा केन्द्रित हुन्छ जसमा निद्रा लाग्नेदेखि पीडा कम गर्ने औषधि तथा भिटामिनहरू दिन

छारे रोग विभिन्न किसिमको अवस्थामा फरक तरिकाले देखा पर्छ । समयमा उपचार भएन भने यो रोगकै कारण ज्यानै जान सक्छ । सुरुको उपचार कुकुरलाई यसको असरबाट कसरी बाहिर निकाल्ने भन्ने कुरामा केन्द्रित हुन्छ जसमा निद्रा लाग्नेदेखि पीडा कम गर्ने औषधि तथा भिटामिनहरू दिन सकिन्छ।

हिजोआज घरपालुवा खासगरी कुकुरमा छारे रोग व्यापक रूपमा देखिन थालेको छ । यो घरपालुवामा लाग्ने घातक किसिमको रोग हो जुन पूर्णरूपमा निको हुन कठिन हुन्छ । यो रोग मस्तिष्क तथा नसासँग सम्बन्धित हुन्छ । यो रोग वंशानुगतका साथै मस्तिष्कको ट्युमर, चोटपटक तथा कडा किसिमको औषधिको प्रभावले देखा पर्छ ।

यो रोगले ग्रसित कुकुरमा शरीरको सन्तुलन बिग्रने, कम्प छुट्ने, र्‍याल निकाल्ने, छटपटिने, मुखबाट फिज निकाल्ने आदि लक्षण देखिन्छन् । त्यतिबेला कुकुरले दिसा–पिसाब पनि गर्न सक्छ । अनुहारका मांसपेशीहरू तन्किने–खुम्चिने हुन्छ । हातखुट्टामा कडापन, असामान्य आवाज निकाल्नु तथा आाखा ठूलो–ठूलो बनाउनु छारे रोगका लक्षण हुन् । खासगरी आराम गरेको तथा सुतेको बेला देखिने यस्ता लक्षण पाँच मिनेट अथवा त्यसभन्दा बढी रहन सक्छन् । त्यसपछि कुकुर फेरि सामान्य अवस्थामा फर्कन्छ । सामान्य अवस्थामा फर्कदा पनि केहीबेरसम्म मानिस नचिन्ने, आँखा कम देख्ने, खाना तथा पानी धेरै मात्रामा खाने समस्या हुन्छ । छारे रोग ठूला जातका कुकुरमा बढी देखिन्छ ।

उपचार तथा रोकथाम

छारे रोग विभिन्न किसिमको अवस्थामा फरक तरिकाले देखा पर्छ । समयमा उपचार भएन भने यो रोगकै कारण ज्यानै जान सक्छ । सुरुको उपचार कुकुरलाई यसको असरबाट कसरी बाहिर निकाल्ने भन्ने कुरामा केन्द्रित हुन्छ जसमा निद्रा लाग्नेदेखि पीडा कम गर्ने औषधि तथा भिटामिनहरू दिन सकिन्छ। छारे रोग लागेपछि पूर्णरूपमा निको नहुन सक्छ । त्यसमा दीर्घकालीन रूपमा औषधि सेवन गराउनुपर्ने हुन्छ । वंशानुगत समस्या देखिएको हुँदा घरपालुवाबाट प्रजनन् गराउनु हुँदैन । घरपालुवालाई बन्ध्याकरण गराएर यो रोगको असर कम गर्न सकिन्छ । 

(डा.यादव विशालनगरस्थित एडभान्स्ड पेट हस्पिटलमा कार्यरत छन् )

 Image