मामाघरको सपना
नीलो आकाशमा कपासजस्तो ढकमक्क छोपेको सेता बादलले दसैंलाई स्वागत गर्दै थियो । त्यही आकाशमुनि आजाद पन्छी भई आदित्य र असीम छुट्टीको आनन्द लिँदै थिए । रङ्गीबिरङ्गी चङ्गाहरू उसैगरी आकाशमा नृत्य देखाइरहेका थिए ।

खुसीको पासवर्डको कुनै परिभाषा वा फर्मुला हुँदैन । हरेक व्यक्तिका लागि खुसी हुने कारण फरक–फरक हुन्छन् तर खुसी रहनु सबैका लागि जरुरी छ ।
मुस्कान
जीवनको भागदौड एवं प्रतिस्पर्धामा हामी यसरी अल्झिरहेका हुन्छौं कि हामी आफ्ना स–साना खुसीको परवाह गर्दैनौं । हामी कुन कुरामा खुसी हुन्छौं भन्ने कुराको समेत हेक्का हुँदैन । तसर्थ आफूले जानेर वा नजानेर रोगलाई निम्तो दिइरहेका हुन्छौं । यस्तो अवस्था आउनुअघि हामीले आफूलाई सम्हाल्नुपर्छ । हावा, पानी, खानपानजस्तै खुसी पनि जीवनको खुराक हो जसको अभावमा हामी आनन्दको जीवन बिताउन असमर्थ हुन्छौं । जीवनको लामो लिस्टमा खुसीका लागि पनि थोरै ठाउँ दिनु आवश्यक छ भने त्यसका लागि अनुहारबाट मुस्कान हट्न दिनुहुँदैन ।
यसरी बनाऔं खुसीको पासवर्ड
घुम्ने रुचि छ अथवा कुनै विशेष ठाउँको भ्रमणमा जाने इच्छा छ भने त्यसका लागि आजैदेखि थोरै भए पनि सेभिङ गर्न थाल्नुपर्छ । जब पैसा बचत गर्न थालिन्छ तब आफ्नो सपनाको गन्तव्यका बारेमा कल्पना गरेर हामी पुलकित हुन थालौं । आवश्यक रकम जम्मा गरिसकेपछि टिकट बुक गर्नुपर्छ । बुकिङको तिथि र गन्तव्य स्थानलाई मोबाइल वा ल्यापटपको पासवर्ड बनाऔं । जब–जब पासवर्ड टाइप गरिन्छ तब– आफ्नो मुहारमा खुसी झल्कन्छ । कामको बोझिलो परिस्थितिमा पनि आफ्नो खुसीको पासवर्डले रिफ्रेस गराउँछ ।
स्मार्ट टिप्स
स–साना खुसीको ख्याल