‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
अध्ययनमा अब्बल रेसु तामाङमा सानैदेखि केही नयाँ काम गरौं भन्ने सपना थियो । नाचगान तथा अभिनय गरेर घरमा सबैलाई मख्ख पार्ने रेसु डेब्यु चलचित्र द विनरमा आफ्नो वास्तविक जीवनमा जस्तै विशेष भूमिकामा देखा परेकी छिन् । मंगोलियन हर्टको गीतका साथै अन्य केही पप गीतमा अभिनय गरेकी रेसु आगामी प्रोजेक्टमा च्यालेन्जिङ भूमिकामा देखा पर्ने तथा आफ्नो बेग्लै पहिचान बनाउने योजनामा छिन् । आयुष्मान् देसार तथा मलिना जोशीबाट प्रभावित रेसु दीपिका पादुकोणको अभिनय एवं स्टाइल मन पराउँछिन् । स्नातकोत्तरको तयारीमा रहेकी रेसु अध्ययनलाई पहिलो प्राथमिकता दिने बताउँछिन् ।