विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।
आईईसी फेसन कलेज र नेपाली फेसनमा अहोरात्र खट्ने फेसन कलाकार यही पुष १५ गते चिनको चोङ्गगोङ्गमा आयोजना हुने फेसन एसिया एवार्ड–२०१६ बाट सम्मानित हुँदै छन् । एसियाको पहिलो स्थापित एवं प्रतिष्ठित फेसन इन्डष्ट्रिजका रूपमा परिचित उक्त लोकप्रिय र सफल फेसन संस्थाको नजरमा नेपालको आईईसी कलेज एसियाको टप फाइभ फेसन कलेजको सूचीमा परेको हो ।
यसैगरी एसियाको पाँच उत्कृष्ट फेसन स्टाइलिस्टमा खुस्बु गौचन लामा छानिएकी छिन् । उनी आईईसी कलेजकै उत्पादन हुन् । फेसन स्टाइलिस्टको पुरुषतर्फ पनि म्यानहन्ट इन्टरनेसनल नेपाल–२०१२ का उपाधि विजेता सनिस शाक्यसमेत छनोटमा परेका छन् । उनी एसियाकै पाँच उत्कृष्ट मोडलको सूचीमा समेत परेका छन् ।
विश्व फेसन जगतमा बामे सर्दै गरेको नेपाली फेसनको स्तर छोटो अवधिमै फेसन एसिया एवार्डका लागि सूचीमा पर्नु गौरवको कुरा भएको आईईसी कलेजकी संस्थापक शैलजा अधिकारी बताउँछिन् । यसबाट आफूलाई ठूलो प्रेरणा मिलेको तथा विश्व फेसन बजारसँग प्रतिस्पर्धा गर्न आगामी दिनमा अझ सशक्त ढंगले लागिपर्ने अधिकारी बताउँछिन् ।
फेसन एसिया एवार्डको सूचीमा नेपालसँगै चीन, जापान, इन्डोनेसिया, मलेसिया, हङकङ, थाइल्यान्ड, भियतनाम, कोरिया, भारत, श्रीलंका तथा कजाकिस्तान परेका छन् । जसमा नेपाल विभिन्न तीन विधामा छनोट भएको छ ।