Successfully Copied

जाडोमा कस्ता पहिरन लगाउनुपर्छ ?

अहिले बिस्तारै चिसो बढिरहेको छ । न्याना पहिरनले शरीरलाई चिसोबाट जोगाउँछन् । त्यसैले जाडोमा न्याना पहिरन लगाउनुपर्छ ।

जाडोमा कस्ता पहिरन लगाउनुपर्छ ?

अहिले बिस्तारै चिसो बढिरहेको छ । न्याना पहिरनले शरीरलाई चिसोबाट जोगाउँछन् । त्यसैले जाडोमा न्याना पहिरन लगाउनुपर्छ ।

जाडोका लागि कस्ता फेब्रिक छनोट गर्नुपर्ला ?

जाडोका लागि बजारमा विभिन्न फेब्रिक उपलब्ध छन् । फलाटिन तथा ढाका उपयोगी मानिन्छ । त्यसमा पनि जाडोका लागि ढाका सबैभन्दा उपयोगी हुन्छ ।

ढाकाका पहिरन प्रयोग गर्दा के फाइदा हुन्छ ?

ढाका प्रयोग गर्दा नेपाली उत्पादन स्वदेशमै खपत हुन्छ । ढाका निकै तातो हुन्छ । अहिले विभिन्न शैलीका पहिरन ढाकाद्वारा तयार गरिन्छ । ढाकाको पहिरन सबैलाई सुहाउँछ र शरीरमा कुनै किसिमको एलर्जी पनि हुँदैन ।

बजारमा ढाकाका कुन–कुन पहिरन उपलब्ध हुन्छन् ?

अहिले विशेषगरी ढाकाका पछ्यौरा, साडी, गलबन्दी, स्कार्फ एवं पन्चु आदि लोकप्रिय छन् । अर्डरअनुसार अहिले अरु फेब्रिकजस्तै ढाकाका विविध परिधान उपलब्ध छन् ।

अरू फेब्रिकभन्दा ढाका केही महँगो छ भनिन्छ नि ?

पहिले हो । पाल्पाली ढाका केही महँगो हुन्थ्यो । अहिले नेपालका धेरै स्थानमा ढाका उत्पादन हुन्छ । त्यसैले पहिलेजस्तो महँगो छैन ।

 Image