दूरी फरक, एउटै मन
पब्लिक हेल्थ रिसर्चर सुरज र फुडमान्डुकी म्यानेजर रक्षा । विवाह भएको धेरै समय भएको छैन, तर उनीहरूको जीवनमा भरपूर सम्झना सञ्चित भइसकेका छन् ।
‘मिस वल्र्ड २०१६’ को ग्राण्ड फिनालेमा पियर्टो रिकोकी स्टेफनी डेल भाल डियाजले विश्व सुन्दरीको ताज आफ्नो शीरमा सजाउन सफल भएकी छिन् । गत आइतबार १८ डिसेम्बर राति सम्पन्न अमेरिकाको म्यारिल्याण्डस्थित एमजिएम नेसनल हार्बरमा सम्पन्न ६६औं संस्करणको विश्व सुन्दरी प्रतियोगितामा पाँच फिट आठ इन्च उाचाईकी १९ वर्षिया स्टेफनीले विश्वका अन्य एक सय १६ जना सुन्दरीहरुलाई पछि पार्दै यस पटकको मिस वल्र्ड विजेताका रुपमा आफूलाई प्रस्तुत गर्न सफल भएकी हुन् ।
प्रतियोगितामा डोमिनिकन रिपब्लिककी यारिट्जा मिक्युलिना रेयस रामरिज फस्ट रनर अप तथा इन्डोनिसियाकी नताशा मान्युएला सेकेन्ड रनर अप विजेता चयन भएका थिए । उल्लेखीत तीन सुन्दरी बाहेक केन्याकी एभ्लिन जाम्बी थुङ्गु र फिलिपिन्सकी क्याट्रीयोना ग्रे पनि फाइनल टप फाइभ भित्र पर्न सफल भएका थिए ।
प्रतियोगिता अन्तर्गतको विशेष अवार्डहरुमा टप मोडल विधामा चीनकी जिङ कोङ उत्कृष्ट ठहरिन् भने ट्यालेन्ट विधामा मंगोलियाकी बायर्टसेट्सेग अल्टानजिरेल विजेता बनिन् । यसैगरी मल्टिमिडियाको अवार्ड फिलिपिन्सकी क्याट्रीयोना ग्रेले जितिन् भने स्पोर्ट विधामा कुक आइल्याण्डकी नतालिया शर्ट तथा ब्युटी विथ पर्पस विधामा इन्डोनेशियाकी नताशा मान्युएला आफूलाई अब्बल सावित गरिन् ।
मिस वल्र्ड २०१६ मा नेपालकी प्रतिनिधि मिस नेपाल २०१६ की विजेता अश्मी श्रेष्ठले भने ब्युटी विथ पपर्स विधामा आफूलाई टप फाइभ भित्र राख्न सफल भइन् । अश्मिको ब्युटी विथ पर्पस प्रोजेक्ट ‘क्लास रुम एण्ड वियोण्ड’ शीर्षकमा नेपालको दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षा आवश्यकता र यसमा पहलकदमी माथि केन्द्रित थियो ।