दूरी फरक, एउटै मन
पब्लिक हेल्थ रिसर्चर सुरज र फुडमान्डुकी म्यानेजर रक्षा । विवाह भएको धेरै समय भएको छैन, तर उनीहरूको जीवनमा भरपूर सम्झना सञ्चित भइसकेका छन् ।
कलाकार अमित श्रेष्ठले राजधानीको बागबजारस्थित सिटी म्याक्स हल परिसरमा मेट्रो लन्ज बार सञ्चालनमा ल्याएका छन् । झण्डै आधा दर्जन फिल्ममा अभिनय गरिसकेका अमितले जीवन लामा र ज्ञानेन्द्र खड्कासाग सहकार्य गर्दै बार खोलेका हुन् ।
हालै आयोजित कार्यक्रममा चर्चित अभिनेत्री रेखा थापाले बारको उद्घाटन गरिन् । उनले अमित आफ्नो परिवारको सदस्य जस्तै भएकाले उसले सञ्चालन गरेको बारले उन्नति गर्नेमा आशा व्यक्त गरिन् । ‘अमितले फिल्ममा जस्तै यो बारबाट पनि चर्चा पाओस् भन्ने मेरो कामना छ ।’
अमितका अनुसार रेष्टुरेन्टमा झण्डै एक करोडको लगानी रहेको छ । ‘गजलसहितको हाम्रो रेष्टुरेन्टमा आफुलाई मनपर्ने गीतसँगै विभिन्न परिकारका खानेकुराको स्वाद लिन पाउनेछन् ।’उनले भने–'
कार्यक्रममा फिल्म निर्माता तथा वितरक गोपाल कायस्थ, नायिका रिमा विश्वकर्मा, उत्तम केसी, निर्देशक दीपक खााडलगायतको उपस्थिति रहेको थियो ।' अमितले ‘अन्दाज’, ‘हमेशा’, ‘लोफर’, ‘लुटेरा’ र ‘ड्रिम्स’लगायतका फिल्ममा अभिनय गरेका छन् ।