Successfully Copied

माइक्रोवेभ किन्ने हो भने

आधुनिक युगका महिलाहरूका लागि भान्सामा माइक्रोवेभ ओभनको आवश्यकता पर्छ ।

आधुनिक युगका महिलाहरूका लागि भान्सामा माइक्रोवेभ ओभनको आवश्यकता पर्छ । अहिले पनि धेरैलाई यसको उपयोग के–कसरी गर्न सकिन्छ, कसरी सफा गर्नुपर्छ र के–के गर्नु हुँदैन भन्ने कुराको जानकारी देखिँदैन ।

माइक्रोवेभ किन्दा

पहिले आफ्नो आवश्यकताको हिसाबले बजेट निर्धारण गर्नुपर्छ । कसैलाई पसलमा गएपछि महँगो, ठूलो, सुविधाजनक किन्ने रहर हुन्छ तर बजेट नपुग्ने अवस्था हुन्छ । किन्नु अघि ब्रान्ड, मूल्य र सुविधाका बारेमा जानकारी लिनुपर्छ । आफ्नो भान्साको साइज एवं परिवारको सदस्य संख्याअनुसार माइक्रोवेभको साइज छान्नुपर्छ । एकात्मक परिवारका लागि १८ देखि २० लिटरको माइक्रोवेभ उपयुक्त हुन्छ । माइक्रोवेभमा खाना पकाउन र तताउन सकिन्छ । बजारमा दुई किसिमका माइक्रोवेभ पाइन्छन्–सोलो ग्रिल र कन्वेक्सन माइक्रोवेभ । साथै ओवन पारदर्शी हुनु जरुरी छ । भित्र पाक्दै गरेको खाना बाहिरबाट देखिनुपर्छ ।

माइक्रोवेभको उपयोग

ओवनको उपयोगले समय एवं परिश्रमको बचत हुन्छ । सावधानीका साथ राम्ररी चलाइयो भने यो वर्षांै पनि मज्जाले टिक्छ । यसमा खाना पकाउने र तताउने मात्र होइन । ओयल प्रिकुकिङका सौखिनहरूका लागि यो एउटा उपहार नै हो । तेल नराखेर पनि स्वादिष्ट परिकारहरू तयार हुन्छन् । यसमा पकाइएको सागको रंग हरियै हुन्छ । हरेक खाना, भात, तरकारी, मासुदेखि केक समेत राम्ररी तयार हुन्छ । चिजी पपकर्न, पिज्जा, मसलेदार कबाब बनाउन सकिन्छ । चिप्स, बिस्कुट, निम्कीहरू ओसिएका छन् भने एकछिन यसमा तताउँदा पुन: कुरकुरे बन्छन् । 

सावधानी 

  • माइक्रोवेभलाई भान्सामा सबैभन्दा सुख्खा ठाउँमा राख्नुपर्छ । बालबालिकाहरूले छुन नसक्ने तथा सुरक्षित ठाउँमा राख्नुपर्छ । यसलाई ग्यासको पाइप लाइन तथा ग्यास चुल्होबाट ३–४ मिटर टाढा राख्नुपर्छ ।
  • यसलाई केही नराखी खाली नचलाउने । चेक गर्ने हो भने एउटा माइक्रोवेभ भाँडामा पानी हालेर मात्र चलाउने । 
  • खाना पकाएपछि कपडालाई हल्का भिजाएर सफा गर्ने ।
  • माइक्रोवेभ सेफ नलेखेका भाँडाहरू प्रयोग नगर्ने ।

सफाइ

स्प्रे बोतलमा बेकिङ सोडा, पानी र कागतीको रस हालेर राख्ने । यो झोल भएको स्प्रे ओवनमा छर्केर कपडाले सफासँग पुछ्ने । खाना पाकेपछि ओवनको ढोका एकछिन त्यत्तिकै खोलेर राख्ने । जसले खानाको गन्ध बाहिर निस्कन्छ । समय–समयमा पुदिनाका पात पानीमा राखेर ३–४ मिनेट चलाउँदा ओवन सुगन्धित हुन्छ ।

 Image