मिटरब्याजीको दुःख
मिटरब्याजी साहूबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिम कञ्चनपुरदेखि पैदल हिँडेर २३औं दिन उपत्यका प्रवेश गरेका मिटर ब्याज पीडितहरूको न्याय मार्च ४२ औं दिन पुग्दासम्म पनि जारी छ । अधिकांश पीडित महिला छन् ।

बौद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ काभ्रेली युवतीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन भैरहेको काभ्रे लेडिज ट्यालेन्ट शो २०७३ (मिस काभ्रे) को आठौं संस्करणको तयारी बनेपामा भैरहेको छ । काभ्रे जिल्लाको धुलिखेल, नाला, बनेपा पााचखाल, पनौती, भैसेपाटी, साागा भकुण्डे, शंखु आदि ठाउाबाट उत्कृष्ट १० जना प्रतिस्पर्धी फाइनलका लागि छनौट भएका छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना हुने उक्त प्रतियोगितामा १६ देखि २२ वर्ष उमेर समूहका अविवाहित युवतीहरूको सहभागिता छ ।
अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगीलाई कोरियोग्राफर राज फैजुले प्रशिक्षण दिइरहेका छन् । कार्यक्रममा व्यक्तित्व विकास, एक्टिङ, डान्स, उद्घोषण आदिका बारेमा प्रतियोगीहरुले प्रशिक्षण लिइरहेका छन् । फाइनल कार्यक्रम आगामी पुस २ गते बनेपामा सम्पन्न हुनेछ ।