‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
डेढ वर्षदेखि मोडलिङमा सक्रिय अस्मिता गौतम एसएलसी प्रिन्सेस पनि हुन् । डेढ दर्जन र्याम्पमा हिँडिसकेकी अस्मिताले सुजुकी, सामसुङ आदिको विज्ञापनमा समेत अभिनय गरेकी छिन् । थुप्रै पत्रिकाका लागि फोटोसुट गराइसकेकी अस्मिताले हालसालै जर्मनीको एक क्यालेन्डरका लागि फोटोसुट गराइन् । त्यस क्रममा भारतीय फोटोग्राफरको क्यामेरा फेस गरेकी अस्मिता आफू र्याम्प एवं फोटोसुटमै रमाइरहेको बताउँछिन् । कामअनुसार उचित पारिश्रमिक पाइने हुँदा र्याम्पमा आफ्नो रुचि बढेको अस्मिताको तर्क छ ।