खेलाडीलाई ‘क्लाइम्बिङ’ अभ्यास
सगरमाथा आरोहण गरेकी प्रथम महिला पत्रकार कल्पना महर्जनले विभिन्न खेलाडीलाई ‘क्लाइम्बिङ’ अभ्यास गराएकी छन् ।

शर्मिला थापा सम्मी, एकल महिला, अध्यक्ष, सम्मिदा महिला विकास मञ्च
विवाह भन्नाले के बुझ्नुहुन्छ ?
एक–अर्काका परिपूरक, जीवनमा नभै नहुने सम्बन्ध । श्रीमान्–श्रीमती एक रथका दुई पांग्राजस्तै हुन् । जीवनभरि एक–अर्काको भावनाको कदर, इज्जत गर्दै जस्तोसुकै परिस्थितिमा पनि साथ दिने विश्वासिलो पक्का साथी बनाउने सम्बन्ध हो–विवाह ।
जीवनमा विवाह कत्तिको आवश्यक छ ?
मानवीय जीवनमा विवाह आवश्यक छ । जीवनमा धेरै साथी त हुन्छन् तर हरपाइलामा साथ दिने जीवनसाथीले नै हो । सृष्टिको निरन्तरताका लागि पनि विवाहको आवश्यकता छ ।
तपाईंको जीवनमा विवाह असफल हुनुको कारण ?
मैले १६ वर्षको अल्लारे उमेरमै मनपरेको केटासँग विवाह गरें । अहिले सोच्दा त्यो विवाहभन्दा पनि एक–अर्काप्रतिको शारीरिक आकर्षण मात्र रहेछ । हामी दुवै परिपक्व थिएनौं । एक वर्षमै बच्चा भयो । त्यसपछि सम्बन्धमा दरार आउन थाल्यो । पारिवारिक तनाव उत्पन्न हुन थालेपछि म र बच्चालाई छोडेर श्रीमान् भागे । सासूले हामीलाई घरबाट निकालिदिइन् । १० महिनापछि श्रीमान् आएर अब तिमीसँग बस्न सक्दिन डिभोर्स चाहियो भनेपछि हाम्रो सम्बन्धविच्छेद भयो ।
त्यसो भए अर्काे विवाह गर्ने होइन त ?
सम्बन्धविच्छेद भैसकेको छ भने दोस्रो विवाह गर्न सकिन्छ । मलाई सम्बन्धविच्छेद भएदेखि नै विवाहका प्रस्ताव आइरहेका छन् तर ंविवाहप्रतिको नकारात्मक छाप बसेका कारण अहिले विवाह गर्छु भन्ने सोच छैन । अर्काे विवाह गरेर आफ्नो सुख चाहनुभन्दा सन्तानको भविष्यप्रति केन्द्रित हुन चाहन्छु म ।
सम्बन्धविच्छेद बढ्नुको कारण के देख्नुहुन्छ ?
भागदौडको यो जीवनमा एक–अर्काको भावना बुिझँदैन । एक–अर्काका लागि समय पनि छैन । साथै अझै पनि महिलाहरूलाई घरभित्रै सीमित राख्न खोज्नु, श्रीमती भएपछि मैले भनेजस्तै गर्नुपर्छ भन्ने सोच एवं महिलाहरूमा विद्यमान कुण्ठाले गर्दा पनि डिभोर्स बढेको हो ।
महिलाहरू पुरुषबिना अधूरा हुन्छन्, केही गर्न सक्दैनन् भनिन्छ नि ?
यो कुरासँग म सहमत छैन । एक्लै बसेका महिलाहरू सफल भएका धेरै उदाहरण छन् । अविवाहित महिला, श्रीमान् बितेका एकल महिला वा सम्बन्धविच्छेद भएका एकल महिलाहरूले पनि सफल जीवन बिताइरहेका छन् । बरु पुरुषचाहिँ महिलाबिना अधूरो हुन्छन्, केही गर्ने आँट हँुदैन ।