५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
एउटा हातमा फोन, दोस्रोमा बेलन अनि कम्प्युटरमा काम गर्दै मोबाइलमा कसैलाई म्यासेज गर्नु । छोराछोरीलाई पढाउने क्रममा अफिसको प्रेजेन्टेसन तयार गर्नु । यो हो आजका कामकाजी महिलाहरूको कथा । जो एकैसाथ धेरैवटा काम पूरा गर्छन् । त्यसैले उनीहरूलाई सुपर वुमन वा मल्टी टास्किङको उपाधि प्राप्त छ । आधुनिक जमानामा यी दुई शब्द सुनेर अनुहारमा मुस्कान आउनु स्वाभाविक हो तर सुपर मम, वाइफ वा इम्प्लोइ बन्ने प्रयासमा कस्तो मूल्य चुकाउने काम भैरहेको छ भन्ने विषयमा कमैलाई मात्र जानकारी हुनसक्छ । त्यसैले त हरेक ठाउँमा स्वयंलाई विशेष साबित गर्ने चक्करमा महिलाहरू लगातार तनावको सिकार भैरहेका छन् ।
किन हुन्छ तनाव ?
धेरै काम एकैपटक गर्नाले आजका कामकाजी महिलाहरूको स्ट्रेस लेबल लगातार बढ्दै गएको पाइन्छ । उनीहरूमाथि एकातिर डेटलाइनमा काम सम्पन्न गर्नुपर्ने दबाब छ भने अर्कातिर घरपरिवार एवं छोराछोरीको जिम्मेवारी पनि हुन्छ । लगातार बढ्दो तनाव मानसिक एवं शारीरिक स्वास्थ्यका लागि राम्रो हुँदैन । विशेषज्ञका अनुसार तनावका कारण महिनावारी नियमित हुँदैन, प्रजनन् क्षमता कम हुन्छ । तनावका कारण रोगप्रतिरोधक क्षमता पनि कमजोर हुन्छ ।
तनावको प्रभाव
मनोवैज्ञानिकहरूका अनुसार तनावले शरीरमा फिल गुड हार्मोनको मात्रा कम गर्छ । कतिपयलाई साइकोलोजिकल हेडेक तथा ढाड दुख्ने समस्या हुन्छ । कोही एक्लोपनको सिकार हुनपुग्छन् भने कोही सदैव दु:खी हुन्छन् । यी महिलाहरू आफ्ना हाकिम, श्रीमान्, बालबालिका र सासू–ससुराको माग पूरा गर्नमा यति धेरै व्यस्त हुन्छन् कि स्वयंका लागि समय प्राप्त हुँदैन । घर–अफिसको दोहोरो जिम्मेवारी निर्वाह गर्न यिनीहरू धेरै काम एकैपटक गर्ने प्रयास गर्छन् भने स्वयंको स्वास्थ्य एवं आवश्यकतालाई बेवास्ता गर्छन् ।
तनावको लक्षण
निम्न लक्षण देखा परे तनाव बढेको बुझ्नुपर्छ ।
–चिडचिडापन ।
–ध्यान केन्द्रित गर्नमा समस्या ।
–कुराहरू बिर्सनु ।
–थकान ।
–शरीरमा पीडा ।
–श्वास–प्रश्वासमा समस्या ।
–धड्कन बढ्नु ।
–एसीडीटी ।
–वजन बढ्नु ।
–हाई ब्लड प्रेसर ।
–मुटु रोग ।
धेरै काम एकैपटक गर्नुका अन्य बेफाइदा
एकैपटक धेरै काम गर्ने बानीले तनावका साथै अन्य समस्या पनि बढ्छन् ।
कामको गति कम हुन्छ : एकसाथ धेरै काम गरेर समय बचाउने कुरा सोच्नु गलत हुन्छ । एउटा शोधअनुसार एकसाथ धेरै काम गर्दा कुनै एउटा काममा केन्द्रित हुन सकिंँदैन । फलत: हरेक काम सम्पन्न गर्न बढी समय लाग्नुका साथै काम पनि राम्रोसँग नहुनसक्छ । एउटा काम सम्पन्न गरी अर्को काम थाल्दा काम गर्ने गति बढ्नुका साथै प्रभावकारी नतिजा पनि प्राप्त हुन्छ ।
स्मरणशक्ति कमजोर हुन्छ : युनिभर्सिटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्कोको एउटा रिसर्चका अनुसार एक समयमा एकभन्दा बढी काम गर्नाले स्मरणशक्तिमा प्रभाव पर्छ र हामी काम–कुरा भुल्न थाल्छौं । यति मात्र होइन उमेर बढेसँगै स्मरणशक्तिसित जोडिएको बिरामीको खतरा बढ्न जान्छ ।
गल्ती बढ्छ : फ्रान्समा भएको एउटा अध्ययनअनुसार एकैपटक धेरै काम गर्ने मानिसहरूले अनेकौं गल्ती गर्छन्, कारण उनीहरूको ध्यान थुप्रै काममा बाँडिन्छ ।
सम्बन्धका लागि ठीक नहुनसक्छ : युनिभर्सिटीको अफ एसेक्समा गरिएको एक शोधअनुसार जसले एकसाथ धेरै काम गर्छन्, उनीहरूले आत्मीय सम्बन्धमा पनि ध्यान दिन सक्दैनन् । फलत: त्यस्ता मानिसहरूको वैवाहिक जीवन सुखमय हुँदैन ।
तौल बढ्छ : टेलिभिजन हेर्दै खाइन्छ वा खाँदै कम्प्युटरमा काम गरिन्छ भने तौल बढ्नसक्छ । कतिपय अध्ययनबाट यो कुरा प्रमाणित भएको छ ।
सिर्जनशीलता समाप्त हुन्छ : सिकागोको इलिनोइस युनिभर्सिटीका शोधकर्ताहरूका अनुसार धेरै काम एकैपटक गर्न खोज्दा व्यक्तिको रचनात्मकता कम हुन्छ । मस्तिष्कमा एकसाथ धेरै काम गर्ने दबाब परेपछि सिर्जनात्मक काम गर्न समस्या उत्पन्न हुन्छ ।
अन्य कुरा
क्यालिफोर्निया युनिभर्सिटीको एक अध्यययनअनुसार एकसाथ धेरै काम गर्दा मुटुको धड्कनको गति तीव्र हुन्छ र तनाव बढ्छ । केही विज्ञहरूका अनुसार धेरै काम एकैपटक गर्नुभन्दा समय व्यवस्थापन अर्थात् हरेक कामलाई एक निश्चित समयमा सम्पन्न गर्ने योजनाका साथ काम गर्नु उपयुक्त हुन्छ । एकैपटकमा धेरै काम गर्ने चक्करमा कुनै पनि काम समयमा ठीक ढंगबाट सम्पन्न गर्न नपाउनाले तनाव बढ्छ । अत: हरेक कामलाई एउटा निश्चित समयमा पूरा गर्ने योजना बनाउनु राम्रो उपाय हो ।
एक अध्ययनअनुसार ७५ प्रतिशत कामकाजी महिला मोटोपन, डिप्रेसन, लगातार पिठ्युँको पीडा, मधुमेह, हाइपर टेन्सन, हाई कोलेस्ट्रोल, मुटु रोग तथा मिर्गौलासम्बन्धी समस्याका कारण हुने बिरामीको सिकार हुन्छन् ।